म्याग्दीमा पहिलो चरणमा ३३ जनाको ¥यापीड टेष्ट, सबै नेगेटिभ

विकल्प न्यूज/बेनी
चैत २९ गते । 

म्याग्दीमा शनिबार देखि बेनी नगरपालिकाबाट ¥यापीड टेष्ट सुरु गरिएको छ । चैत महिना यता विदेशबाट आएका व्यक्तिहरुको द्रुत परिक्षण (¥यापीड डाइगोनिष्टिक टेष्ट) लिन थालिएको छ ।

विश्वभरी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई रोकथाम गर्न विदेशबाट आएका सर्वसाधरणहरुको ¥यापीड टेष्ट लिन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा शनिबार ३३ जनाको ¥यापीड टेष्ट गरिएको हो । परिक्षण गरिएका सवैको कोरोना नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
विदेशबाट आएका बेनी नगरपालिकाका ३८ जना मध्य ३३ जनाको ¥यापीड टेष्ट गरिएको हो ।

जिल्लाभरमा चैत महिना देखि यता विदेशबाट आएका एकसय ३८ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ। ¥यापिड टेष्टका लागि आइतवार देखि गाउँपालिकामा टोली खटाइने कोरोना रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ¥यापीड टेष्ट नेगेटिभ आएका मध्यबाट नमुना परिक्षणका लागि ६ जनाको स्वाव लिइएको छ ।

¥यापिड टेष्टको रिपोर्ट १५ मिनेटमै आउँछ। यदी रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा भने पुनः स्वाब समेत संकलन गरि पोखरा पठाइने छ ।
संक्रमण पोजेटिभ देखिएका सम्बन्धित व्यक्तिलाई बेनी अस्पतालको आइसोलेसनमा राखेर उपचार तथा निगरानी गरिने छ । ¥यापीड टेष्टका लागि गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले म्याग्दीलाई दुइसय चालिस किट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले जानकारी दिनुभयो ।