वेष्ट प्वाइन्टको क्वारेन्टाइनमा वसेका युवाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी
चैत २८ गते । 

बेनीको वेष्ट प्वाइन्ट आवशिय माविमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक युवाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ । बेनी नगरपालिका ४ का ति युवाको कोरोना भाइरस संक्रमणको आशंकामा विहिवार स्वाव परिक्षणका लागि पोखरा पठाइएको थियो । पोखरामा उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको हो । उनी चैत ८ गते भारतबाट नेपाल आएका थिए । कोरोना परिक्षण नेगेटिभ आएपछि उनलाई शुक्रवार साँझ घर पठाईको कोरोना भाइरस रोकथामा तथा नियन्त्रण समिति (कमाण्ड पोष्ट)का सदस्य सुरत केसीले जानकारी दिनुभयो ।