चट्याङ र हुरीबाट सतर्क रहन आग्रह

२९ चैत, काठमाडौं । 

कोभिड–१९ बाट जोगिन लकडाउन बसीरहेका बेला जल तथा मौसम पूर्वानुमान महाशाखाले चट्याङ र हुरी बतासबाट जोगिन आग्रह गरेको छ ।

महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो ।

मौसमविद् राजु प्रधानाङ्गले मेघ गर्जन, चट्याङ र हुरी बतास सहित वर्षा गराउने बादल विकसित भइरहेको जानकारी दिए । उनका अनुसार स्थानीय वायुको प्रभावका कारण हुने यो वर्षा लामो भने हुँदैन ।

‘लगभग नेपालको पहाडी क्षेत्रको सबैतिर मौसम बदली भएको छ, साँझपख सामान्य वर्षा हुन्छ’ उनले भने ‘यो बदली धेरै समय पनि रहँदैन ।’ onlinekhabar