साजन परियार/जलजला
चैत २८ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा राहत वितरण सुरु गरिएको छ । लकडाउनका कारण समस्यामा परेका गरिब,विपन्न तथा मजदुरहरुलाई शुक्रवार देखि वडा कार्यालयले राहत वितरण सुरु गरेको हो । वडा कार्यालयले संकलन गरेको ६ सय ७० जनालाई राहत वितरण सुरु गरिएको वडा अध्यक्ष टुंगनाथ आचार्यले जानकारी दिनुभयो । वडाका जनप्रतिनिधि,पार्टीका प्रतिनिधि लगायतको उपस्थितिमा राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । प्रति ब्यक्ति ५ केजि चामल, दाल, नुन, तेल, साबुन ,काउली वितरण गरिएको छ। यसै गरी सल्यानका कृषक तथा नेकपा का वार्ड कमिटीका अध्यक्ष हरिप्रसाद आचार्यले १५० केजि कृषक नर बा केसि र प्रेम आचार्य ले क्रमश २००, २५० केजि काउली तथा बन्दा लगायतका तरकारी सहयोग गर्नुभएको छ । जनप्रतिनिधिहरु मार्फत टोल टोलमा पुगेर खाद्यान्न राहत वितरण गरिएको हो ।