म्याग्दीमा ९० जनामा कोरोनाको द्रुत परिक्षण, सबै रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी
बैशाख २ गते । 

म्याग्दीमा मंगलबार सम्म ९० जनामा कोरोनाको परिक्षण गरिएको छ । परिक्षणका क्रममा सवैको रिपोर्ट नेगेटिभ आएको छ । चैत महिना यता विदेशबाट म्याग्दीमा आएका व्यक्तिहरुमा जिल्ला स्वास्थ्य कार्यालयको टोलीले कोरोनाको द्रत परिक्ष्ण (¥यापिड टेस्ट) गरेको हो । स्थानीय तहले संकलन गरेको तथ्याङकका आधारमा नगर तथा गाउँपालिकाको समन्वयमा कोरोनाको ¥यापिड टेस्ट लिन स्वास्थ्य कार्यालय म्याग्दी, बेनी अस्पतालका स्वस्थ्यकर्मी र प्राबिधिक सहितको टोली गाउँपालिका स्तरमा पुगेको हो ।

टोलीले पहिलो चरणमा चैत २८ गते बेनीको न्यू वेष्ट प्वाइन्ट आवशीय माविमा बनाइएको क्यारेन्टाइनबाट ¥यापिड टेष्ट लिन सुरु गरेको थियो । यसै गरी बैशाख २ गते मंगलामा २६,बैशाख १ गते मालिकामा १२, धौलागिरिमा ७ र मंगलबार अन्नपूर्णमा १० जनाको ¥यापिड टेस्ट गरिएको हो । उनीहरु सवैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

बुधबार रघुगंगा गाउपालिकामा परिक्षण गरिने भएको छ । म्याग्दीमा हालसम्म कसैलाई पनि कोरोना संक्रमण पुष्टि भएको छैन् । विदेशबाट आएका एकसय ३८ जना सवैको ¥यापिड टेस्ट गरिने कोरोना रोकथाम कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय मार्फत किट आएपछि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले परिक्षण सुरु गरेका हुन् । द्रुत परिक्षण गर्दा १५ मिनेटमै रिपोर्ट प्राप्त हुन्छ ।