बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) मा पोजेटिभ

विकल्प न्यूज/बेनी
चैत ३० गते ।

दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा पोजेटिभ देखिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतवार ७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टिकासंगम बिकले जानकारी दिए । ¥यापिड टेष्टमा पोजेटिभ देखिए पछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ । उनी केहि साता अघि मात्रै गाउँका अन्य सँग मिलेर भारतको तिर्थयात्रा गएर फर्किएकी थिइन् ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा या काठमाण्डौ पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए । ‘तीन दिनदेखि जारी ¥यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने,‘अब शंकास्पद महिला सहित उनको परिवार र सम्पर्ककमा भएकाहरुलाई क्वारेन्टिनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौ ।’

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड १९) को द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट)मा शनिवार सम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो । aadarshasanchar.com