ताजा समाचार:
Search

राष्ट्रिय समाचार

म्याग्दीको ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु

म्याग्दी,असार २८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/ ५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले बताए ।उहाँका […]

म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

विकल्प न्यूज/बेनीअसार २७ गते । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो।  दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालू […]

चिमखोलामा पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित

विकल्प न्यूज\बेनीअसार २६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताउनुभयो । […]

तीन दिन भारी वर्षाको सम्भावना, केहीमा,अति भारी वर्षा हुन सक्ने

विकल्प न्यूज\बेनी असार २६ गते । मौसम पूर्मानुमान महाशाखाले आज ९असार २६ गते०देखि आगामी शनिबार ९असार २९ गते० सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी […]

बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधि पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधि पसलहरुमा अनुगमन गरिएको हो । औषधि पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई […]

म्याग्दीको मलम्पारमा भाइद्वारा चिर्पट प्रहार गरी दाइको हत्या

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका– ५,मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय ३९ वर्षीय सोमबहादुर छन्त्यालले दाउरा चिर्पट प्रहार गरेर ४२ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् । सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् । घरायसी झगडामा भाइले दाउराले अनुहारमा प्रहार […]

विपद् व्यवस्थापनमा तीन जिल्लाका सरोकारवालाहरुको सहकार्यमा जोड

विकल्प न्यूज/बेनीअसार २५ गते । मनसुनजन्य विपद व्यवस्थापनमा तिन जिल्लाका सरोकारवालाहरुको सहकार्यमा जोड दिइएको छ । बुधबार पर्वतको जलजला गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पर्वत,बागलुङ र म्याग्दीका सरोकारवालाहरुले विपद् व्यवस्थापनमा समुहिक प्रयात्नलाई जोड दिएका थिए । विपद् ब्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव […]

नाग्लीबाङ्गमा सडक स्तरोन्नति भएपछि यात्रा सहज

ठाकुरप्रसाद आचार्यअसार २५ गते । वर्षौ देखिको कच्ची र जिर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका ८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामिण सडकको घुम्ती सुधार,ग्रेड मिलाउने,नाली,पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरुको यात्रा सहज भएको हो । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा चालु आर्थिक वर्षमा […]

कम्प्युटर सिक्ने आमाहरुको रहर

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूजअसार २५ गते । बेनी बजारको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्यनरत कल्पना सुनारले नेपाली र अंग्रेजी दुवै अक्षरहरु सजिलै टाइप गर्नुहुन्छ । उहाँ कक्षा ९ मा अध्यनरत हुनुहुन्छ । पढाइ सँगै सुनारमा कम्प्युटर सिक्ने रहर जागेर आएको छ ।सानो उमेरमै विवाह भएपछि बीचमै पढाई छाड्नु भएकी पर्वतको जलजला गाउँपालिका ४ […]

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

विकल्प न्यूज\बेनीअसार २४ गते । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध […]

बेनी नगरका कच्ची सडक ढलान र कालोपत्रले यात्रा सहज बन्दै

ठाकुरप्रसाद आचार्य /बेनीअसार २४ गते । घर अगाडीको सडक कच्ची भएका कारण वर्षौ देखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि भने खुसी हुनुहुन्छ । कच्ची सडकका कारण बर्षौ देखि सास्ती भोग्दै आएका थियौं उहाँले भन्नुभयो, ‘‘अहिले घर अगाडीको सडक कालोपत्रे भएर चिल्लो भएको […]

स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरै पुर्‍याइदिए

२४ असार, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो । हुन त ३ दिनअघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो । तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि […]

तिन दिन पछि खुल्याे बेनी-दरबाङ सडक

विकल्प न्युज/ बेनी असार २४ गते । पहिरोले अवरुद्ध भएको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रवार पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत […]

पवित्राको उच्च शिक्षाका लागि गाउँपालिकाको सहयोग

विकल्प न्यूज/बेनीअसार २४ गते । दुवै हात नभएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङकी पवित्रा विकलाई उच्च शिक्षा अध्ययनका लागि गाउँपालिकाले पचास हजार रुपियाँ सहयोग गरेको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा अध्ययनका लागि विकलाई समस्या भएको छ । दुवै हात नभएकी विकले हालै प्रकाशित भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)मा ३.१२ जिपिए ल्याएर […]

बेनीमा रावण पार्क र प्रतिमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

विकल्प न्यूज/बेनीअसार २३ गते । सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय र नगरपालिकाको ७०÷३० […]