चिमखोलामा पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित


विकल्प न्यूज\बेनी
असार २६ गते ।

रघुगंगा गाउँपालिका ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ ।

त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताउनुभयो ।

वडाध्यक्ष पाईजाका अनुसार पहिरोको उच्च जोखिममा परेका ४ घरपरिवारका २५ जनालाई सुरक्षित स्थानका आफन्तको घरमा स्थानान्तरण गरिएको छ । पहिरोले नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पनि बगाएको छ ।