म्याग्दीको ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु

म्याग्दी,असार २८ गते ।

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।

ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/ ५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले बताए ।उहाँका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयबासीहरुले उद्दार गरेका थिए ।