Breaking News

काँग्रेसको तर्फबाट बेनी नगरमा चिरञ्जीवी शर्मा मेयरको उम्मेदवार

विकल्प न्यूज/बेनी वैशाख २ गते । आसन्न स्थानीय तहको नर्विाचनमा नेपाली काँग्रेसले मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमितिको पदाधिकारी वैठकले शर्मालाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको सचिव भरत रकालले जानकारी दिनुभयो । शर्मा अधिवक्ता, पार्टीको पुर्व सचिव तथा महाधिवेसन प्रतिनिधि हुनुहुन्छ । मेयर पदका […]

एमालेका उम्मेदवारले यसपाली भत्काउलान रघुगंगामा काँग्रेसको गढ ?

विकल्प न्यूज\बेनी वैशाख १ गते । म्याग्दीमै नेपाली काँग्रेसको गढ मानिएको रघुगंगगा गाउँपालिकामा एमालेले उम्मेदवार टुंगाएको छ । नेपाली काँग्रेसले भने उम्मेदवार टुंगाएको छैन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले र माओवादीका विच चुनावी तालमेल हुँदा पनि काँग्रेस फराकिलो मतले विजयी भएको थियो । २ नम्बर भगवतीमा वडा वाहेक सवै वडामा काँग्रेसले जितेको […]

धबलागिरीको अध्यक्षमा एमालेबाट ४ जना सिफारिस, कसले पाउला टिकट ?

विकल्प न्यूज\बेनी चैत ३० गते । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि चलेको बैठकमा सहमतिका […]

बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । मेयरमा […]

म्याग्दीमा गठबन्धन दलहरुमा अलमल

विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तह निर्वाचन आउन एकमहिना वाँकी छ । प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तहमा धमाधम उम्मेदवार टुंगो लगाउन थालेको छ । वडातहसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका सत्तासाझेदार दलहरु भने अलमलमा परेका छन् । निर्वाचनमा साझा उम्मेदवार उठाउने सैद्धान्तिक निर्णय गरेका गठबन्धनमा आवद्ध दलहरुले साझा उम्मेदवार चयन गर्न […]

गठबन्धनसँग चुनाव लड्न मैदानमा उत्रिए एमालेबाट भरत र दिवा

विकल्प न्यूज\बेनी चैत २८ गते ।   आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मद्वार टुंगो लगाएको छ ।  आइतबार र सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा बसेको गाउँपालिका कमिटीको वैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । […]

मंगलाको अध्यक्षमा रोकालाई दोहो¥याउने एमालेको निर्णय

विकल्प न्यूज/बेनी चैत २८ गते । आगामी बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा हालकै अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने भएको छ । आइतवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा बसेको पालिका कमिटीको बैठकले रोकालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेको पालिका कमिटीका सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो । रोका मंगला […]

मतदानबाट टुंगो लगाइयो छन्त्याल संघको नेतृत्व

विकल्प न्यूज/बेनी चैत २८ गते । बेनीमा जारी नेपाल छन्त्याल संघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सहमति नजुटेपछि मतदानबाट टुंगो लगाइएको छ । आइतबार भएको मतदानबाट मनमोहन बुढाथोकी छन्त्यालले निर्वाचित हुनुभएको छ । संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः छन्त्याल निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले २ सय ४ मत ल्याएर बिजयी […]

२३ वर्षीय रन्जनाले गरिन स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेद्वार घोषणा

विकल्प न्यूज\बेनी चैत २७ गते । २३ वर्षीय रन्जना श्रेष्ठले आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर घोषणा गरेकी छन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत रघुगंगा गाउँपालिका २ भगवतीकी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू निर्वाचनमा स्वतन्त्ररुपमा वडा अध्यक्षको उम्मेद्वार भएको घोषणा गरेकी हुन । ‘भगवतीको समग्र शिक्षा क्षेत्रको रुपान्तरण गरि कुनै […]

म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु

विकल्प न्यूज\बेनी चैत २५ गते । म्याग्दीमा टाइफाईड विरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ । चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै […]

गठबन्धनका पक्षमा उभिन काँग्रेस कार्यकर्तालाई गृहमन्त्रीको निर्देशन

ठाकुरप्रसाद आचार्य/बेनी चैत २५ गते । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनका पक्षमा सकरात्मक वातावरण पार्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आउनुभएका गृहमन्त्री खाँडले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको निर्वाचन सम्म पु¥याएर […]

छन्त्याल संघको अधिवेशनका अवसरमा बेनीमा झाँकी सहित ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी चैत २५ गते । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहितको झाँकी निकालेका छन् । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायले बेनीमा जाती पहिचान झल्किने झाँकी प्रदर्शन गरेका हुन । अभिवेशनमा देशभरबाट करिब पाँचसय प्रतिनिधिहरु सहभागि भएका छन् । अधिवेशनको उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड […]

आज देखि म्याग्दीमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु

विकल्प न्यूज\बेनी चैत २५ गते । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा बैशाख २५ गते देखि सुरु गरिएको छ । अभियान अन्तरगत जिल्लामा २८ हजार बढी बालबालिकालाई यो खोप लगाइने भएको छ । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका […]

बेनपा ६ मा एमाले र काँग्रेसलाई टक्कर दिन माओवादीबाट केसी आए चुनावी मैदानमा

विकल्प न्यूज\बेनी चैत २४ गते । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका ६ को वडा अध्यक्षमा युवा नेता नगेन्द्र केसीलाई उम्मेदवारका रुपमा अघि सारेको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको माओवादीले जनाएको छ । वाइसिएल नेपालको केन्द्रिय सदस्य तथा म्याग्दी […]

मालिकामा कांग्रेसबाट ७ वटै वडामा वडाध्यक्षका उम्मेद्वार चयन

विकल्प न्यूज\बेनी चैत २३ गते । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत सबै वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएको […]