महिला भलिबल ः गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश तेस्रो

ठाकुरप्रसाद आचार्य /म्याग्दी
कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको बुधवार भएको खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ ।

बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकाल्यो ।
पहिलो सेट गण्डकीले २५–२०मा जित निकालेको थियो । त्यसपछिका तिनै सेट लगातार बागमती प्रदेशले २५–१२,२५–२१,२५–१६ को खेल खेलेको थियो । आजै शसस्त्र प्रहरी बलको एपीएफ र नेपाल प्रहरीको पुलिस क्लबका बीच अन्तिम फाइनल खेल हुनेछ ।