समृद्धिका एजेण्डा लिएर एमाले उम्मेदवार कुँवर पहिलोपटक चुनावी मैदानमा

लक्ष्मण सापकोटा/कुश्मा
कात्तिक ७ गते ।


आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरु घरदैलो र भेटघाटमा व्यस्त छन् । यसै क्रममा पहिलोपटक संसदिय निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाउनुभएका एमाले नेता भक्त कुँवर जिल्लाको समृद्धिको एजेण्डा बोकेर प्रदेश सभा क्षेत्र नम्बर १ को चुनावी मैदानमा हुनुहुन्छ । पर्वतको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि सक्रिय कुँवरले पहिलोपटक प्रदेश सभा सदस्यको उम्मेदवार प्राप्त गर्नुभएको हो । अहिले उहाँ प्रदेश क अन्तर्गत विभिन्न वडाहरुमा चुनावी कार्यक्रम लिएर हिडिरहनुभएको छ ।

२०३५÷३६ सालको विद्यार्थी आन्दोलनको प्रभावबाट अनेरास्ववियू मार्फत राजनीतिमा होमिएका उनि पर्वत जिल्लामा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । वि.स २०२२ सालमा पर्वत जिल्लाको वाजुङमा जन्मिनुभएका कुँवर वौद्धिक, सालिन र भद्र नेताको रुपमा परिचित हुनुहुन्छ । २०४२ देखि ०४५ सम्म पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटिको सचीव रहेका उहाँ ०४४÷ ०४५ सालदेखि नेकपा मालेमा संगठित भै गाउँपार्टी सक्रिय दलको सचीव बन्नुभयो ।

२०४३ देखि हालसम्मका निर्वाचनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका कुँवर २०४७ साल देखि ०५१ सम्म ईलाका सदस्य, इन्चार्ज र सचीव भइ काम गर्दै आईुक्नुभएको छ ।०५२ मा भएको तेस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सदस्य बन्नु भएका कुँवर ०५४ देखि ०५७ सम्म कार्यालय सचीव रहनुभयो भने ०५७ को चौथो जिल्ला अधिवेशनबाट पुनः जिल्ला कमिटी सदस्य, ०६० को पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटि सदस्य एवम् क्षेत्रीय समन्वय कमिटीको इन्चार्ज एवम् सचीव बनेर काम गरेको अनुभव रहेको छ ।

०६३ को छैठौं जिल्ला अधिवेशन बाट पुनः क्षेत्रीय इन्चार्ज बनेर भुमिका निर्वाह गर्नुभएका कुँवर ०६६ सालको सातौं जिल्ला अधिबेशन बाट जिल्ला कमिटीको सचिव एवम् आर्थिक बिभाग प्रमूख बन्नुभएको थियो । २०७१ को आठौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्बाचित भइ ०७८ सम्म कार्यरत रनुभएका कुँवर स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । सरल, शान्त स्वभाव र धैर्यवान नेताको रुपमा परिचीत उहाँ प्रेस नेपाल, मानव अधिकार, लगायत विभिन्न संघ संस्थाहरुमा आवद्ध भई सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहनुभएको छ । उहाँ हाल नेकपा एमालेको प्रदेश कमिटीमा सचीवालय सदस्य हुनुहुन्छ । ४० बर्ष देखि अनवरत रुपमा कम्युनिष्ट राजनीतिमा लागेका उहाँले पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाउनुभएको हो । त्यो पनि प्रदेश सभाको ।

यिनै भक्त कँवर यतिवेला सुखि नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्नका लागि जनतासँग साक्षात्मका गर्दै, भोट माग्दै हिडिरहनुभएको छ । भन्नुहुन्छ मलाई अवसर दिनुहोस–पाँच वर्षमा तपाईहरुका अपेक्षा पुरा गर्नेछु । पछिल्लो पटक नेकपा एमाले नेतृत्वको सरकारले जिल्लामा थुप्रै विकास निर्माणका कामहरु शुरुवात गरेको छ । जतिवेला संघ, प्रदेश र स्थानीय तहहरु पनि एमालेकै नेतृत्वमा थिए । ती योजनाहरुलाई पुर्णता दिनका लागि सुर्य चिन्हमा मतदान गरेर बिजयी गराउन उहाँको अपिल छ ।

जति धेरै विकास हुँदै गयो त्यति धेरै गाउँघर खाली हुँदै गएको बताउँदै कुँवरले अब नागरिकहरुलाई गाउँमै बस्नका लागि स्वरोजगार सिर्जनालाई मुख्य एजेण्डा बनाउनुभएको छ । गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको उपलव्धता उहाँको मुल एजेण्डा बनेका छन् । गाउँलाई समृद्ध नबनाएसम्म मुलुक समृद्ध हुँदैन कुँवरले भन्नुभयो त्यसैले गाउँमै बस्नका लागि नागरिकलाई आवश्यक आधारभुत कुराहरुको पुर्णता दिन मैले जोड दिनेछु कुँवर भन्नुहन्छ । राजनीतिमार्फत ४० वर्ष जिल्लावासीको सेवा गरेँ अब एक पटक सत्तामा पुगेर नागरिकका चाहाना र आवश्यकता पुरा गर्ने अवसर दिनुहोस् मतदातसँग उहाँको अपिल छ । सामाजिक सुरक्षा भत्ता पाँच हजार हुँदै क्रमश बढाउन, ग्रामीण सडकहरु कालोपत्रे, घरघरमा खानेपानी, जमिनमा सिंचाई, विद्यालयमा गुणस्तरीय शिक्षा, स्वास्थ्य चौकीमा अनुभवी चिकित्सक सहित पर्याप्त मात्रामा औषधी उपकरण उहाँका मुल उद्धेश्य हुन । त्यतिमात्र हैन ग्रामीण क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादन, फलफुल, पशुजन्य उत्पादनको बजारीकरण गरी कृषकहरुलाई उत्थान गर्नु मेरो अभियान हुनेछ कुँवरले भन्नुभयो ।

म किसानको छोरा हुँ, मलाई किसानहरुको दुःख र पिडा राम्रोसँग बोध छ त्यसैले म जितेर गैसकेपछि उहाँको हितको निम्ति काम गर्नेछु । प्रदेश सभामा गैसकेपछि आवश्यक श्रोत साधनको व्यवस्थापन गरेर जहाँ जुनखालको आवश्यकता र समस्या छ समाधानमा अहोरात्र खट्नेछु कुँवरको मतदाता सँग प्रतिवद्धता छ ।

अविचलित रुपमा चार दशकसम्म राजनीतिमा लागेर पहिलोपटक अवसर पाएको भन्दै उहाँको उम्मेदवारी प्रति एमाले नेता कार्यकर्ता मात्र हैन विपक्षी गठवन्धनमा आवद्ध माओवादी, काँग्रेस र समाजवादी लगायतका दलहरु पनि सकारात्मक रहेकोले आफ्नो जीत सुनिश्चित रहेको उहाँको भनाई छ । मेलै अहिले जे जति एजेण्डा र योजनाहरु अघि सारेको छु, पाँच वर्षमा एक एक गरी पुरा गर्ने प्रयत्न गर्नेछु ।

तपाईहरुले विश्वास गर्दै मंसिर ४ मा सुर्यमा मतदान गर्नुहोस् कुँवरले भन्नुभयो । कात्तिक १ गतेवाट चुनावी कार्यक्रम लिएर गाउँ अभियानमा निस्किनुभएका कुँवर जलजलाका केहि वडा सकेर अहिले मोदीका विभिन्न वडामा घरदैलो, कोणसभा र जनभेटघाटमा सक्रिय रहनुभएको छ । एमालेवाट प्रतिनिधिसभामा युवा नेता पदम गिरी र प्रदेश सभा खमा मित्रलाल बस्याल प्रतिस्पर्धामा हुनुहुन्छ ।