मोना हङकङले ग¥यो आधार शिविर पुगेर राउण्ड धौलागिरिको प्रचार (फोटो फिचर)

विकल्प न्यूज/बेन
कार्तिक ८ गते ।

धौलागिरि आधार शिविर पुगेको हङकङमा बसोबास गर्ने म्याग्दीहरुको समुह । 

राउण्ड धौलागिरि पदयात्रालाई प्रचारप्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीलेहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो ।
धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको प्रतिनिधिमुलक टोलीले सामुहिक पदयात्रा गरेको हो । बेनीदेखि एक साताको पदयात्रामा आधार शिविर पुगेको टोलीले पर्यटन संभावनाको अध्ययन अवलोकन गरेर फर्किएको छ ।

धौलागिरि हिमालको फन्को मारेर मुस्ताङको लेते निस्कने लक्ष्य थियो मोना हङकङका अध्यक्ष कर्ण बहादुर पुनले भन्नुभयो ‘मौसम प्रतिकुलताका कारण आधार शिविरसम्म पुगेर फर्कियौं । आधार शिविर सम्म पुग्नु पनि हाम्रा लागि चुनौतीपूर्ण थियो तर शाहस निकालेर आधार शिविर पुग्न सफल भयौं ।’ प्राकृतिक रुपमा सुन्दर क्षेत्र रहेछ तर प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभाव देखियो उहाँले भन्नुभयो । आधार क्षेत्र सम्म व्यवस्थित पदमार्ग निर्माण,भौतिक पूर्वाधार निर्माण,पर्यटकका लागि आवास र सञ्चारको सुविधाको व्यवस्था गर्न सकेमा धौलागिरि पदयात्रालाई विश्वभरका पर्यटक ल्याउन सकिने उहाँले बताउनुभयो ।

बेनीदेखि मोना हङकङमा आबद्ध १० जना सहित सञ्चारकर्मी, पथप्रर्दशक र सहयोगी समेत गरि ३२ जनाको टोलीले धौलागिरि आधार शिविरतर्फ प्रस्थान गरेका मध्ये केहि इटाली आधार शिविरबाट फर्किएका थिए । आधार शिविरसम्म अध्यक्ष पुन र उहाँकी पत्नी मनु पुन तथा पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर र उहाँकी पत्नी लक्ष्मी एलजी थापा मगर सहित पत्रकार अमृत भादगाउँलेको साथमा पदप्रदर्शक र भरिया समेत गरि २३ जना पुगेका थिए ।

प्राकृतिक रुपमा मनोरम धौलागिरि पदमार्ग सम्भावनाको हिसाबले उत्कृष्ट गन्तव्य बन्न बन्न सक्ने टोलीमा सहभागी पथप्रदर्शक छिरी राईले बताउनुभयो । झरना, हिमाल, वनजंगलको अवलोकन गर्दै पदयात्रा गर्दा निकै रोमाञ्चक महशुस भएको उहाँले बताउनुभयो । स्थानीय तह लगायतका सरोकारवाला निकायहरुले यस क्षेत्रको विकासमा जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो । आधार शिविर पुग्नुभएका इन्द्र एलजी थापा मगरले सञ्चारको पहुँच बढाउँदै कम्तीमा इटाली आधार शिविरसम्म आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने योजना सहित पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।