म्याग्दीवासीको सेवा गर्न सरकारी जागिर छाडेर राजनीतिमा आएँ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी
कात्तिक १४ गते ।

आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू म्याग्दीवासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा आएको बताउनुभएको छ ।

लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव आफू सँग भएकाले निर्वाचनमा मतदान गरेर विजयी गराउन मतदाता सँग उहाँले अनुरोध गर्नुभएको छ । मनोनयन दर्ता सँगै जिल्लाको ग्रामिण भेगमा चुनावी अभियान लिएर मतदाताको घरघर सम्म पुग्नुभएका श्रेष्ठले जिल्लाको विकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न अनुरोध गर्नुभयो । एउटा मात्र चुनाव क्षेत्र रहेको म्याग्दीमा नेकपा एमाले र गठबन्धनकाबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

उम्मेद्वार श्रेष्ठको संक्षिप्त राजनीतिक जिवन यसप्रकार छ ।

२०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा बेनीबजारमा जन्मिनुभएको हो । श्रेष्ठले आइकमसम्मको अध्ययन गर्नुभएको छ । श्रेष्ठका एक श्रीमती र तीन छोरी छन । श्रेष्ठ निजामती सेवाको लेखा समुहबाट राजिनामा दिएर सकृय राजनीतिमा आउनुभएको हो ।

प्रतिनिधि सभाका लागि एमालेबाट उम्मेदवार बन्नुभएका श्रेष्ठ ०३६ सालदेखी तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पा“चौबाट विद्यार्थी राजानीतिमा प्रवेश गर्नुभएको हो । श्रेष्ठ ०३८ सालमा प्रकाश माध्यामिक विद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापनि निर्वाचित भएका थिए ।

०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुका अध्यक्ष बन्नुभएका श्रेष्ठ ०४६ सालमा नेकपा मालेको बेनी कमिटी सदस्य, ०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, ०५१ सालमा जिल्ला सदस्य र ०६६ देखी ०७८ सालसम्म एमालेका जिल्ला अध्यक्ष बन्नुभएको थियो । हाल एमाले गण्डकी प्रदेश कमिटीमा सचिवालय सदस्यको भूमिकामा हुनुहुन्छ ।

श्रेष्ठ ०५४ देखी ०५९ सालसम्म अथुङ्गे गाविसका अध्यक्ष भएर काम गर्नुभएको थियो । म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, बेनी खानेपानी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा सफल नेतृत्व गरिसक्नुभएको छ । पछिल्लो समय बेनी बजार संरक्षण योजनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

‘म स्कुले जिवनदेखी नै वाम राजनीतिमा झुकाव राखेको हु“ । ०४३–०४६ सालसम्म निजामति सेवामा कार्यरत रह“दा जिल्ला बाहिर रहनु परेकोले उत्ति सकृय हुन सकिन । अन्य समय तत्कालिन मालेहु“दै एमालेको राजनीतिमा निरन्तर सकृय छु’ प्रतिनिधि सभा सदस्यकालागि एमालेका उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘राजनैतिक, सामाजिक क्षेत्रमा गरेका कामको जनताले मुल्याङकन गर्नेछन । जनताको सेवा गर्न पेशा र व्यवासाय छोडेर राजनीति गरेको छु ।’ जिल्ला पार्टीले श्रेष्ठलाई सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो । उम्मेदवार सिफारिस भएसँगै श्रेष्ठले मतदाता भेटघाट र घरदैलो थाल्नुभएको थियो ।