Breaking News

पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १६ गते । म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी,टोल सुधार समिति,आमा समुह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यहि कात्तिक १७ गते विहिवार घोडा दौड प्रतियोगिताको आयोजना गरिने […]

एमालेको पिप्ले र मुदीमा घरदैलो कार्यक्रम

विकल्प न्युज/बेनी कार्तिक १६ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् । बिहीबार देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन […]

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

विकल्प न्युज/ बेनी कार्तिक १५ गते । नजिकिँदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले घरदैलोमार्फत मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।   यसैक्रममा आज (मङ्गलवार) बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरी भोट मागिएको हो । भकिम्लीको हल्लेगौंडा, चिनाखेत, भकिम्ली, […]

म्याग्दीमा निर्वाचन आचारसंहिता विरुद्धको गतिविधि गरेको भन्दै २४ घण्टे स्पष्टीकरण माग

विकल्प न्यूज\बेनी कात्तिक १४ गते ।  म्याग्दीका दुई उम्मेदवारलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारले निर्वाचन आचारसंिहता विरुद्धको गतिविधि गरेको उजुरी परेपछि मूख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण माग गरेको हो । मतदातालाई प्रभावित पार्न चामल बाँढेको र युवा क्लबलाई चन्दा दिएको उजुरी परेपछि […]

म्याग्दीवासीको सेवा गर्न सरकारी जागिर छाडेर राजनीतिमा आएँ ः उम्मेदवार श्रेष्ठ

विकल्प न्यूज/बेनी कात्तिक १४ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफू म्याग्दीवासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा आएको बताउनुभएको छ । लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव आफू सँग भएकाले निर्वाचनमा मतदान गरेर विजयी गराउन मतदाता […]

मंगलाका मतदाता सँग एमालेका उम्मेद्वार

विकल्प न्यूज/बेनी कात्तिक १४ गते ।   नेकपा एमाले म्याग्दीको सोमबार मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा मतदाता भेटघाटको क्रममा […]

ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली […]

एमालेका उम्मेदवार मतदाताको घरघरमा

विकल्प न्यूज\बेनी कात्तिक ९ गते । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका उम्मेदवारहरु मत माग्न घरघरमा पुगेका छन् । बेनी नगरपालिका–६, अर्थुङ्गेमा नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले […]

मोना हङकङले ग¥यो आधार शिविर पुगेर राउण्ड धौलागिरिको प्रचार (फोटो फिचर)

विकल्प न्यूज/बेन कार्तिक ८ गते । राउण्ड धौलागिरि पदयात्रालाई प्रचारप्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीलेहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो । धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) […]

समृद्धिका एजेण्डा लिएर एमाले उम्मेदवार कुँवर पहिलोपटक चुनावी मैदानमा

लक्ष्मण सापकोटा/कुश्मा कात्तिक ७ गते । आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरु घरदैलो र भेटघाटमा व्यस्त छन् । यसै क्रममा पहिलोपटक संसदिय निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाउनुभएका एमाले नेता भक्त कुँवर जिल्लाको समृद्धिको एजेण्डा बोकेर प्रदेश सभा क्षेत्र नम्बर १ को चुनावी मैदानमा हुनुहुन्छ । पर्वतको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि […]

मान्छेका प्यारा कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

७ कात्तिक, बेनी ।  कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपले आर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी […]

नवौं राष्ट्रिय खेलकुदका ९ स्टारमा म्याग्दीकी तारा

काठमाण्डौं । कार्तिक ६ गते । गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नवौं स्टार भित्र म्याग्दीकी तारादेवी पुन पर्नुभएको छ । ३६ खेल, ६ हजार १२७ खेलाडीबीच ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशमा एक सातासम्म चलेको नवौं राष्ट्रिय खेलकुदले नेपालको खेलकुद धेरै हदसम्म चलायमान भयो । कतिपय खेलको त लामो […]

किसानको खेतबारीमा पुगेर मत माग्दै उम्मेदवार

विकल्प न्यूज/म्याग्दी कार्तिक ३ गते ।  किसानको वारीमा पुगेर मत माग्दै नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठ । आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु मत माग्न गाउँ पसेका छन् । किसानलाई यतिखेर बाली भित्र्याउन चटारो छ भने राजनीतिक दलका नेताहरुलाई निर्वाचन लागेको छ । नेकपा एमाले […]

एपीएफ बन्यो महिला भलिबलको च्याम्पियन

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ । महिला भलिबल जितेसँगै एपीएफले स्वर्ण पदक हात पारेको हो । बुधवार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको […]

महिला भलिबल ः गण्डकीलाई पराजित गर्दै बागमती प्रदेश तेस्रो

ठाकुरप्रसाद आचार्य /म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको बुधवार भएको खेलमा गण्डकीलाई पराजित गर्दै बागमती प्रदेशले तेस्रो स्थान सुरक्षित गर्दै कास्य पदक हात पारेको छ । बेनीको खुल्ला मञ्चमा तेस्रो स्थानका लागि भएको खेलमा बागमती प्रदेशले गण्डकी माथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट गण्डकीले […]