ताजा समाचार:
Search

कृष्णप्रसादको रहर लाग्दो भैंसीपालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १८ गते ।


बेनी नगरपालिका ७ टुनीखर्क स्थित भैंसी गोठमा पुग्दा ४२ वर्षीय कृष्णप्रसाद शर्मा दुध दुहुदै हुनुहुन्थ्यो । दुध बजारमा पु¥याउन शर्मालाई हतारो थियो । गोठ दुहुना भैंसीले भरिएको छ । सवै भैंसी मोटा र रिष्ठपुस्ट देखिन्थे । कृष्णप्रसादको परिवार र कामदार सवैजना भैंसी र गाईलाई दानापानी दिन व्यस्त देखिन्थे ।

दुध दुहुदै कृष्णप्रसादले भन्नुभयो, ‘‘बजारमा दूध पु¥याउन हतार छ । गाई र भैंसी दहुन कम्तिमा दुईघण्टा लाग्छ । चारबजे भित्र बेनी बजार स्थित डेरी पसलमा दुध पु¥याई सक्नुपर्दछ ।’’ रोजगारीका क्रममा विदेशमा नौवर्ष विताउनुभएका शर्माले गाउँ फर्किएर व्यवसायिक रुपमा पशुपालन गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो ‘‘रोजगारीका क्रममा पटकपटक गरेर नौवर्ष विदेशी भूमीमा श्रम पसिना बगाइयो, पछिल्लो पटक मलेशिया गएको थिएँ विरामी परेपछि अस्पतालको बेडबाटै भैंसी पाल्ने योजना बनाएर गाउँ फर्किएँ ।’’ विदेशबाट फर्किएपछि गाउँका साथीभाई मिलेर केही वर्ष सामुहिक रुपमा पशुपालन व्यवसाय गरेको बताउँने शर्माले पाँचवर्ष अघिदेखि एकल रुपमा भैंसीपालन व्यवसाय गर्दै आउनुभएको छ ।

साझेदारीमा सहभागि भएकाहरु केहीले सरकारी जागिर गर्न लागे कोही विदेश गए कृष्णप्रसादले भन्नुभयो, ‘‘२०७५ सालबाट मैले एकल रुपमा शर्मा कृषि तथा पशुपंक्षी फर्म स्थापना गरेर पशुपालन व्यवसाय सुरु गरेको हुँ ।’’ थोरै लगानीबाट सुरु गरेको व्यसायमा अहिले एक करोड भन्दा बढी लगानी पुगिसकेको उहाँले बताउनुभयो । आधुनिक भैंसी गोठ शर्माले निर्माण गर्नुभएको छ ।

अहिले कृष्णप्रसादको गोठको पूर्वाधार निर्माण र गाई भैंसी गरेर एककरोड भन्दा बढीको लगानी भइसकेको छ । आफ्नै चालिस रोपनी जमिनमा गोठको संरचना निर्माण र गाईभैंसीलाई आवश्यक पर्ने घाँस रोप्नुभएको छ । घाँस काट्ने र गोठमा काम गर्नगरी चारजनालाई रोजगारी पनि दिनुभएको छ ।

कृष्णप्रसादको गोठमा अहिले एकलाख पचास हजार देखि दुईलाख रुपियाँ सम्म मूल्य पर्ने मुर्रा क्रस जातका भैंसीहरु छन् । शर्माको भैंसी गोठमा यतिखेर होलस्ट्यान जातका तिनवटा गाई मुर्रा क्रस जातका २० वटा दुहुना भैंसी र पन्ध्रवटा ब्याउने भैंसी सहित ३५ वटा छन् । गाईले दिनमा २० लिटर र भैंसीले १० देखि १७ लिटर सम्म दुध दिने कृष्णप्रसाद बताउनुहुन्छ । १० लिटर भन्दा थोरै दुध दिने भैंसी पालेर फाईदा नहुने उहाँको भनाई छ ।

एकमहिनाअघि सम्म दैनिक रुपमा दुईसय लिटर सम्म दुध बजार पु¥याउथे उहाँले भन्नुभयो, ‘‘भैंसी धेरै भएपछि पाल्न दुःख भयो १० वटा भैंसी विक्री गरेकाले अहिले एकसय पचास देखि एकसय ७० लिटर सम्म दुध बजारमा लैजाने गरेको छु ।’’ उत्पादित दुधलाई बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । ‘‘बेनी बजारमा रहेको धवलागिरि डेरी सँग प्रतिलिटर एकसय २० रुपियाँमा सम्झौता गरेको छु । हाम्रो दुधमा पानी मिसावट हुँदैन । उत्पादन गर्नसके विक्री हुन्छ । किसान,डेरी संचालक र उद्योग वाणिज्य संघ सहितको समझदारीमा समय अनुसार मूल्य बढाउने सहमति गरेका छौं ।’’

मासिक रुपमा ६ देखि सातलाख रुपियाँ सम्मको दुध विक्री गर्दछु उहाँले भन्नुभयो, ‘‘सवै खर्च कटाएर मासिक रुपमा अहिले दुईदेखि साढे दुइलाख सम्म बचत हुने गरेको छ ।’’
दुध विक्री गरेर अहिले सम्म भएको आम्दानी गोठको संरचना निर्माणमा खर्चिएको र अव कमाएको पैसा बचत हुने उहाँले बताउनुभयो । व्यावसायिक भैंसीपालन सुरु गर्दा सुरुवाती चरणमा आम्दानी नहुँदा आत्तिनु हुँदैन उहाँले भन्नुभयो, ‘‘भैंसी पालनमा समय दिन सक्नुपर्दछ । कडा परिश्रम गर्नुपर्दछ । गोठको सहि व्यवस्थापन र भैंसीको राम्रो सँग स्यारसुसार गर्नुपर्दछ ।’’ जिल्ला भेटेरिनरी र बेनी नगरपालिकाको पशुसेवा शाखाबाट प्राविधिक सहयोग पाएको उहाँले बताउनुभयो । गोठ सुधारका लागि थोरै थोरै अनुदान रकम पनि पाउने गरेको उहाँले सुनाउनुभयो ।

किसानलाई नगद अनुदान दिनुभन्दा पशुपालन सम्बन्धि तालिम,औषधि उपचार र गोठको सहि व्यवस्थापन सम्बन्धी ज्ञान र सीप सिकाउनुपर्ने उहाँको सुझाव छ । कृष्णप्रसाद शर्मा अहिले जिल्लामै नमूना पशुपालन किसानका रुपमा परिचित हुनुहुन्छ । विदेशजानुभन्दा स्वदेशमै पशुपालन र कृषि पेसा गरे राम्रो आम्दानी लिन सकिने भएकाले विदेश नजान र स्वदेशमै कृषि पेसा अगाल्न युवालाई शर्माको सुझाव छ ।