Breaking News
मंगलामा कृषि पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन

सन्तोष गौतम/ विकल्प बाबियाचौर १५ असार । म्याग्दीको मंगला गाउँपालीकाले कृषि, पशु र मत्स्यपालनको सम्भाव्यता अध्ययन सुरु गरेको छ । कृषि विज्ञहरुको टोली ल्याएर सम्भाव्यता अध्ययन सुरु गरेको हो । विज्ञहरुको टोलीले शुक्रबारदेखि गाउँपालीकाको विभिन्न स्थानमा खाद्यबाली, तरकारी र फलफुल खेती, गाईभैसी, कुखुरा, बाख्रा, बंगुर र माछापालनको सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । क्षेत्रीय कृषि […]
धानको उत्पादन वृद्धीका लागि यान्त्रीकरणमा जोड

सन्तोष गौतम / विकल्प अर्मन १५ असार । “धान उत्पादनमा वृद्धी राष्ट्रको सम्बृद्धी” भन्ने नाराका साथ शुक्रबार म्याग्दीमा विभिन्न कार्यक्रम गरेर १५ औ धान रोपाई तथा किसान दिवस मनाइएको छ । मंगला गाउँपालीका र अखिल नेपाल किसान महासंघले पिपलबोटको सेरफाँटमा आयोजना गरेको रोपाई दिवस समारोहमा प्रदेशसभा सदस्य बिनोद केसीले कृषिलाई यान्त्रीकरण गरी लागत घटाउन र […]
कालीगण्डकीमा जिप खस्याे

सन्तोष गौतम\विकल्प म्याग्दी १४विकल्प। बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिनुभयो । […]
बेनी नगरपालिकाकाले पारित गर्याे ५४ कराेडकाे बजेट

सन्तोष गौतम/ विकल्प बेनी १४ असार ।पर्यटकीय पूर्वाधार निर्माण र वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीका योजनालाई प्राथमिकता दिदै म्याग्दीको बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि करिब ५४ करोड रुपैया बराबरके बजेट पारीत गरेको छ । बुधबार बेनीमा सम्पन्न तेस्रो नगरसभाले असार १० गते सुरु भएको नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको ५३ करोड […]
घरेलुको अनुदान वितरण न्योचित नभएको गुनासाे

विकल्प न्युज / बेनी म्याग्दी, १४ असार । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले अनुदान तिवरणको लागि छनौट प्रकृयामा न्योचित नगरेको भन्दै उजुरी परेको छ । चालु आर्थिक बर्षमा समितिले वितरण गर्न लागेको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत अनुदानको लागि छनौट प्रकृयामा पहुँचवालाहरुलाई मात्रै अनुदानमा छनौट गरिएको भन्दै साना उद्यमीहरुले स्थलगत अवलोकन गरेर मात्रै […]
जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसियाली

सन्तोष गौतम/ विकल्प बगर १३ असार ।म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै दिनको घुमाउरो बाटो […]
घारका योजनामा उल्लेख्य जनसहभागीता(फोटोसहित)

विकल्प न्यूज/बेनी घार,असार १२ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ घारमा सञ्चालीत विकास आयोजनामा उल्लेख्य जनसहभागीता जुटेको छ । वडाका जनप्रतिनिधिको प्रस्ताव र सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटको तुलनामा उपभोक्ता समितिले समुदायको धेरै श्रम र नगद जुटाएर योजना सम्पन्न गरेका हुन् । विभिन्न शिर्षकमा २४ वटा योजना तथा कार्यक्रम सञ्चालन भएकोमा २३ वटा सम्पन्न […]
शिखमा उत्साहजनक जनशहभागीता ः शिख माविको भवन पुननिर्माण

सुरेन गुरुङ /शिख असार १२ गते । तिन वर्षअघिको भुकम्पका कारण क्षति पुगेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित शिख माविमा कक्षा कोठा भवन पुननिर्माण भएको छ । ब्रिट्रीस गोर्खा वेयलफेयरको एक करोड ६६ लाख रुपैयाँ सहयोगमा आठ कोठे भवन पुननिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाले जानकारी दिनुभयो । वेयलफेयरको ईक्युआरटी परियोजना अन्तरगत अपाङ्ग मैत्री […]
अन्नपूर्णमा टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभि

विकल्प न्यूज/बेनी पोखरेबगर, ११ असार । जिल्लाको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकाले विद्यालयहरुलाई टेलिटिचिङ संचालनका लागि स्माट टिभि वितरण गरेको छ । गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि स्माट टिभि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडा अध्यक्ष तथा विद्यालयका प्रअलाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आयोजना, नेपाल शिक्षक संगठन अन्नपुर्ण गाउँपालिकाको कार्यसमितिको सह–आयोजनामा पोखरेवगरमा सोमबार […]
धौलागिरी गाउँपालिकाद्धारा ३२ करोडको बजेट सार्वजनिक

सन्तोष गौतम, निर्मल खत्री मुना, म्याग्दी ११ असार । पूर्वाधार निर्माणलाई प्राथमिकता दिने निती तथा कार्यक्रम सहित म्याग्दीको धौलागिरी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि आईतबार ३२ करोड रुपैया भन्दा बढीको बजेट सार्वजनीक गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा आईतबार सुरु भएको तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्षको लागि ३२ करोड […]
मंगलाले ल्यायो ३१ करोड ३० लाखको बजेट

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार ११ । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । आइतबार गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न तेस्रो गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले कुल ३१ करोड ३० लाख ५३ हजार ४५२ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष केसीले प्रस्तुत गरेको […]
प्रदेशबाट म्याग्दीको पूर्वाधार विकासलाई तिस करोड

विकल्प न्यूज/बेनी असार १० गते । प्रदेश ४ को सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि म्याग्दीका पूर्वाधार विकास सम्बन्धि योजनामा करिब तिस करोड रुपियाँ बजेट बिनियोजन गरेको छ । सडक, मोटरेबल पुल, खानेपानी, सिँचाई, नदी कटान तथा पहिरो नियन्त्रण र पर्यटन क्षेत्रको पूर्वाधार निर्माण योजनाका लागि उक्त बजेट बिनियोजन भएको प्रदेशसभा सदस्य बिनोद केसीले जानकारी […]
अन्नपूर्णको विकासका लागि करिव साढे २७ करोडको बजेट सार्वजनिक

ठाकुरप्रसाद आचार्य,धिरन खत्री \म्याग्दी पोखरेबगर,असार १० गते । जिल्लाको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाले २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजना गरिएको दोस्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्ष २०७५ \०७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष मगरले प्रस्तुत […]
म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]
अबैध रुपमा बालुवा उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई जरीवाना

विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दी नदीबाट अवैध तरिकाले नदीजन्य वस्तुको उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई ५७ हजार पाँचसय रुपियाँ जरिवाना गरिएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको जिल्ला अनुगमन समितिको वैठकले मालिका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलाबाङ क्षेत्रमा नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् र चोरी निकासीमा प्रयोग भएका स्काभेटर र […]