घारका योजनामा उल्लेख्य जनसहभागीता(फोटोसहित)

विकल्प न्यूज/बेनी
घार,असार १२ गते । IMG_5107        जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ घारमा सञ्चालीत विकास आयोजनामा उल्लेख्य जनसहभागीता जुटेको छ । वडाका जनप्रतिनिधिको प्रस्ताव र सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटको तुलनामा उपभोक्ता समितिले समुदायको धेरै श्रम र नगद जुटाएर योजना सम्पन्न गरेका हुन् । विभिन्न शिर्षकमा २४ वटा योजना तथा कार्यक्रम सञ्चालन भएकोमा २३ वटा सम्पन्न भईसकेका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । IMG_5152पन्ध्र लाख रुपैयाँ बिनियोजन भएको चित्रे घोडेपानी सडक योजना वन सम्बन्धि प्रक्रियागत समस्याले कार्यान्वयन हुन नसकेपछि अन्य सबै योजना तथा कार्यक्रम सम्पन्न भएका अध्यक्ष बरुवालले बताउनुभयो । विद्यालय, सामुदायीक भवन, सडक स्तरोन्नती, सिचाई, खानेपानी, पदमार्ग निर्माण सम्बन्धि योजनामा उपभोक्ताले बिनियोजित बजेटको तुलनामा बढी श्रम तथा नगद जुटाएका बरुवालले बताउनुभयो । IMG_5110गाउँपालिकाले पाँच लाख उपलब्ध गराएको खिवाङ आधारभुत विद्यालयको भवन निर्माण योजनाका लागि समुदायबाट थप साढे दुई लाख जुटाएर सम्पन्न गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष जसबहादुर तिलीजाले बताउनुभयो । दश लाख रुपैयाँ बिनियोजन भएको मुक्तिमार्ग मावीको तिन कोठा थप योजनामा अनुदान भन्दा दोब्बर बढी सहयोग जुटाएर सम्पन्न गरेका छन् । IMG_5117१४ लाख लागत अनुमान गरिएको र आठ लाख रुपैयाँ बिनियोजन भएको भगवती कोत परिसरमा सभाहल सहितको सामुदायीक भवन निर्माण योजना सम्पन्न गर्न कोतको कोष, आमा समूह, युवा क्लब, वन, संरक्षण क्षेत्र समितिबाट सहयोग जुटाएर सम्पन्न गर्न लागिएको अध्यक्ष टिकाबहादुर खड्काले बताउनुभयो । IMG_5141चार लाख पचास हजार रुपैयाँ बिनियोजन भएको मुना बालविकास केन्द्रको दुई कोठे पक्कि भवन योजना समुदायले थप पाँच लाख पचास हजार जुटाएर सम्पन्न गर्न लागेका छन् । गाउँपालिकाको दुई लाख पचास हजार रुपैयाँ अनुदान सहयोगमा घार खानेपानी आयोजनाको मुहान, टंकी, धारा, पाईपलाईन मर्मत गरेपछि गाउँका सार्वजनिक धारामा नियमित पर्याप्त खानेपानी आपुर्ती हुन थालेको छ । IMG_5258उक्त योजना सम्पन्न गर्न ८० घरले दुई दिनका दरले श्रमदान गरेका अध्यक्ष राजाराम कार्कीले बताउनुभयो । १०० घरधुरी लाभान्वित भएका छन् । वि.स २०६९ मा सिचाई विकास डिभिजन कार्यालय मार्फत साढे तिन करोड रुपैयाँको लागतमा मथेनीखोलाको मुहानबाट खिवाङसम्म नहर ल्याइएको घारखोला सिचाई आयोजनालाई पाईपलाईन विस्तार गरेर सञ्चालनमा ल्याइएको छ ।IMG_5163१७ लाख रुपैयाँ बिनियोजीत पाँच वटा योजनाबाट पाईप लाईन विस्तार गरेपछि घारको ८२ हेक्टर खेतमा सिँचाई सुबिधा पुगेको वडा सदस्य रामबहादुर खड्काले बताउनुभयो । खिवाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । पोखरेबगर देखि घार जोड्ने सडक मर्मत गरिएको छ । डेढ लाखका दरले बजेट बिनियोजन भएको घोडेपानी घान्द्रुक र कालोढुङ्गा बैसरी पदमार्ग निर्माण योजनाको पनी काम सकिएको छ । IMG_5146आगामी वर्ष यसपाली अधुरो रहेको वडा कार्यालय भवनलाई पूर्णता, घोडेपानी सडक योजनालाई कार्यान्वयन र स्थानीयबासीको आयआर्जन वृद्धिका लागि एक घर एक गाईपालन अभियान लगायतका योजनालाई प्राथमिकता दिइएको वडा अध्यक्ष बरुवालले बताउनुभयो । IMG_5123