धौलागिरी गाउँपालिकाद्धारा ३२ करोडको बजेट सार्वजनिक

सन्तोष गौतम, निर्मल खत्री
मुना, म्याग्दी ११ असार । IMG_5382पूर्वाधार निर्माणलाई प्राथमिकता दिने निती तथा कार्यक्रम सहित म्याग्दीको धौलागिरी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि आईतबार ३२ करोड रुपैया भन्दा बढीको बजेट सार्वजनीक गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा आईतबार सुरु भएको तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्षको लागि ३२ करोड २६ लाख ५९ हजार ८२५ रुपैयाको अनुमानीत बजेट प्रस्ताव गर्नुभएको हो ।

प्रस्तुत बजेट मध्य चालुतर्फ पाँच करोड ९८ लाख ७४ हजार ३१५, सशर्ततर्फ नौ करोड ८५ लाख, सामाजिक सुरक्षातर्फ चार करोड ३० लाख र पुजीगततर्फ १२ करोड १२ लाख ९५ हजार ५१० रुपैया रहेको छ । यसैगरी गैरसरकारी क्षेत्रतर्फ ९८ लाख २१ ह्जार २९४ रुपैया बराबरका योजना तथा कार्यक्रम कार्यान्वयन हुने अनुमान गरिएको छ । Dhaulagari-gaupalikaआगामी आर्थिक वर्षका लागि बिस लाख रुपैया आन्तरीक राजस्व उठाउने प्रस्ताव गरेको धौलागिरीले प्रदेश सरकारबाट राजस्व वाँडफाड वापत १६ लाख सात हजार ८२५, प्रदेशबाट वित्तिय समानीकरणवापत एक करोड १० लाख आठ हजार रुपैया अनुदान पाउने भएको छ ।
संघीय सरकारबाट राजस्व बाँडफाट वापत ६ करोड ५९ लाख १४ हजार, समानीकरणतर्फ छ करोड सात लाख र शशर्ततर्फ नौ करोड ८५ लाख, सामाजिक सुरक्षातर्फ चार करोड तिस लाख अनुदानको सुनिश्चितता पाएको छ । अहिलेलाई घाटा बजेटको रुपमा प्रस्तुत भएको तिन करोड ८९ लाख ४० हजार रुपैया चालु आर्थिक बर्षमा खर्च भई बाँकी रहने मौज्दातबाट पुर्ती गरिने उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।

सबै वडामा सडक र विद्युत सुबिधा विस्तार सहित पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेको धौलागिरी गाउँपालीकाले सबैभन्दा बढी ताकम विद्युतीकरण योजनालाई ९० लाख, मुना मुदी सडकलाई ८० लाख र लुलाङ स्थित दरखोला लघुजलविद्युत परियोजना परियोजना पुननिर्माणका लागि ५० लाख रुपैया प्रस्ताव गरिएको छ ।

निती तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै गाउँपालीकाका अध्यक्ष थमसरा पुनले सामाजिक विकासतर्फ शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको जानकारी गराउदै शून्य दरबन्दिमा सञ्चालीत समस्याग्रस्त सामुदायीक विद्यालयका लागि १८ लाख ५० हजार रुपैया बजेट बिनियोजन भएको बताउनुभयो ।
विद्यार्थी भर्ना दर बढाउन र विद्याललय छाड्नेदर घटाउन ताकम र मल्कवाङमा विद्यार्थी छात्रवृत्ती कार्यक्रम सञ्चालनका लागि पाँच लाख, नमुना विद्यालय कार्यक्रम सचालन गर्न पन्ध्र लाख, एक विद्यार्थी, एक घर, एक ओखर कार्यक्रमलाई दश लाख बिनियोजन भएको अध्यक्ष पुनले बताउनुभयो ।

आर्थिक विकासका लागि कृषि, पशुपालन, पर्यटन क्षेत्रका साथै सिपमुलक कार्यक्रम सञ्चालन गरिने धौलागिरीको निती तथा कार्यक्रममा उल्लेख छ । गाउँसभामा कार्यपालीका सदस्य देउप्रसाद छन्त्यालले आर्थिक बिधेयक प्रस्तुत गर्नुहुदै प्रस्ताव गर्नुभएको पर्यटक, सवारी शूल्क सम्बन्धि प्रस्ताव पारीत भएको छ । बिधायन समितिका संयोजक झकबहादुर छन्त्यालले बिनियोजन बिधेयक प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको निती तथा कार्यक्रम पारती गरेको गाउँसभामा उपाध्यक्ष छन्त्यालद्धारा प्रस्तुत बजेटको छलफलका लागि असार १७ गतेसम्म बैठक स्थगीत भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।