बेनी नगरपालिकाकाले पारित गर्याे ५४ कराेडकाे बजेट

सन्तोष गौतम/ विकल्प
बेनी १४ असार ।Beni nagar (2)पर्यटकीय पूर्वाधार निर्माण र वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीका योजनालाई प्राथमिकता दिदै म्याग्दीको बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि करिब ५४ करोड रुपैया बराबरके बजेट पारीत गरेको छ ।

बुधबार बेनीमा सम्पन्न तेस्रो नगरसभाले असार १० गते सुरु भएको नगरसभामा उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको ५३ करोड ८९ लाख १३ हजार बराबरको बजेट पारीत गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

नगर कार्यपालीकाका प्रवक्ता रामकृष्ण बराईलीले संघीय सरकारले वित्तिय समानीकरण तर्फ १७ करोड ५१ लाख १३ हजार, सशर्त अनुदान ३१ करोड ३३ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान एक करोड ९२ लाख, आन्तरिक आम्दानी २ करोड ८३ लाख र जिम्मेवारी सरेर आएको ३० लाख रुपैयालाई समावेश गरि बजेट निर्माण गरिएको जानकारी दिनुभयो ।

चालुतर्फ कुल रु ३७ करोड ६६ लाख र पूँजीगत तर्फ रु १६ करोड २३ लाख १३ हजार बजेट विनियोजन गरिएको प्रवत्ता बराईलीले जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक विकास तर्फ एक करोड, बन बातावरण तथा विपद व्यवस्थापनमा ५० लाख, शुसाशन तथा संस्थागत विकासमा एक करोड ४२ लाख, विक्तिय व्यवस्थापन तथा सेवा प्रवाहमा २५ लाख १३ हजार, पूर्वाधार विकासमा ४ करोड ५० लाख विनियोजन गरेको जनाएको छ ।

त्यसैगरि नगरपालीकामा रहेका १० वटै वडामा ५० लाखको दरले पाँच करोड बजेट विनियोजन गरिएको छ । प्रदेश, संघीय सरकार र विभिन्न परियोजनासंग सहकार्य गरेर सञ्चालन गरिने आयोजनाका लागि सम्पुरक कोषमा एक करोड ८१ लाख रुपैया छुट्टाईएको छ । नगरपालिकाले गौरवको आयोजना घोषणा गरेको पुलाआश्रम र आँपारुखमा रामायण पार्क निर्माणका लागि ४२ लाख, खुला मञ्च खेलमैदानको लागि ५५ लाख, लभ्लहिलमा पूर्वाधार निर्माणका लागि ५८ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

पर्यटन प्रवद्र्धनको क्षेत्रमा जगन्नाथ मन्दिर रहेको गाजनेमा भ्यू टावरको लागि पाँच लाख, स्वर्गाश्रमको लागि पाँच लाख, फनपार्कको लागि पाँच लाख र गुफा राम मन्दिरको लागि पाँच लाख रुपैया बजेट समेत विनियोजन गरेको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले बेनी–पात्लेखेत सडकलाई प्रदेश सरकार मार्फत रु ५० हजार विनियोजन भएको र सो सडकलाई थप बजेट व्यवस्थाको लागि संघिय सरकारमा समेत पहल भैरहेको जानकारी दिनुभयो ।
सो कार्यक्रममा नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विश्वकर्माले हरेक वडातहलाई सहज रुपमा सडक सञ्जालको पहुँच पु¥याउने योजनालाई प्राथमिकतामा राखेर योजनाहरु छनौट गरिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकनाथ भुषालले नगरसभाले आब २०७५÷०७६ को लागि खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र बेनी नगरपालिकाको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको ऐनलाई समेत नगरसभाले पारित गरेको जानकारी दिनुभयो ।