Breaking News
मिस्त्री खोलाको भौतिक प्रगति ६२ प्रतिशत पूरा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज असोज २५ गते । मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा निर्माणधीन ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण पुरा भएको छ । प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २७ महिना अघि निर्माण सुरु गरिएको थियो । […]
दसैंका लागि मुस्ताङ र तिब्बतबाट आए भेडा र च्याङ्ग्रा

प्रताप बानियाँ /बेनी असोज २४ गते । यस वर्षको दसैं नजिकिँदै गर्दा हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको तिब्बतबाट भेडा–च्याङ्ग्रा भित्रिन थालेका छन् । म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाहरुबाट व्यापारीहरु हिमाली जिल्ला मुस्ताङ र तिब्बतको सिमानासम्म पुगेर भेडा–च्याङ्ग्रा खरिद गरेर ल्याएका छन् । दसैं नजिकिँदै जाँदा मुस्ताङ–तिब्बत नाका कोरलाबाट भेडा–च्याङ्ग्राको आयात सुरु भएको हो […]
‘उत्कृष्ट खेलाडी’ अरुणा शाही ठकुरी ‘डबल सेलिब्रेसनमा’ (भिडियो सहित)

अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न थालेको छ । यो लोकप्रियता राष्ट्रिय भलिबल प्रतियोगितामा प्राप्त जीतको नतिजा हो । नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको […]
बेनीमा चौथो ‘एभरग्रीन कप’ फुटवल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी असोज २३ गते । बेनीमा मंगलबारदेखि चौथो एभरग्रीन कप फुटबल प्रतियोगिता सुरु भएको छ । एभरग्रीन युवा क्लवले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरग्रीन युवा क्लवले कालीपुल यूनाईटेडलाई २ का विरुद्ध ३ गोल गर्दै एभरग्रीनले बिजयी सुरुवात गरेको छ ।गण्डकी प्रदेशका […]
रुइसेको पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको रुइसे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि साइकल यात्रा गरिएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा शुक्रवार पर्वतको मालढुङ देखि बेनी–गलेश्वर हुँदै पर्यटकीय गन्तव्य रुइसे भेडीओढार सम्म साइकल यात्रा गरिएको हो । साइकल यात्राले रुइसेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त […]
जलजलाको पर्यटन विकासका लागि गुरुयोजना बनाउने तयारी

विकल्प न्यूज/जलजला असोज १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र जलजलालाई पर्यटन प्रवद्र्धन गर्नका लागि गुरुयोजना निर्माण गर्न थालिएको छ । प्रशस्त पर्यटकीय सम्भावना रहेको जलजलालाई गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा पर्यटकीय गन्तव्य बनाउनका लागि गुरुयोजना तयार पार्न लागिएको हो । पर्यटन विज्ञ सहित जनप्रतिनिधि र राजनीतिकदलका […]
मुदीलाई ‘पर्यटकीय गाउँ’ घोषणाको माग

बेगप्रसाद घर्ती /विकल्प न्यूज वडा अध्यक्ष धौलागिरी गाउँपालिका ४ मुदी असोज १७ गते । म्याग्दीको पश्चिम धौलागिरी गाउँपालिका ४ मुदी पर्यटनको प्रचुर संभावनायुक्त गाउँ हो । संसारकै सातौ अग्लो धौलागिरी हिमाल यसै वडामा पर्दछ । प्रशस्त पर्यटकीय संभावना भएर पनि मुदी गाउँ ओझेलमा परेको छ । प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रमा आशा […]
निलम्बित विद्यार्थीलाई विद्यालयमा फर्काउने सहमति

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) असोज १६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको अमर माध्यमिक विद्यालयका निलम्बित कक्षा १० का २२ विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने सहमति जुटेको छ । रघुगंगा गाउँपालिकाको पहलमा मंगलबार गाउँपालिका केन्द्र मौवाफाँटमा भएको सर्वपक्षीय छलफलमा निलम्बनलाई फुकुवा गरी पठनपाठनलाई नियमित गर्ने सहमति भएको हो । गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीको पहलमा जिल्ला समन्वय […]
अरिङ्गालवालीको उदाहरणीय कथा

असोज १६, २०७५ बेनी-अरिङ्गाल व्यवसाय गर्दै आनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उहाँलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले […]
धारापानीमा विजुली बलेपछि स्थानीयमा खुसियाली

विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपभोक्ता समितिका समितिका […]
प्रसारण लाइन निर्माणमा अवरोध

घनश्याम खड्का /बेनी असोज १५ गते । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले औंल्याएको सामाजिक क्षेत्रमा गर्नुपर्ने खर्च नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका ३ दानाका बासिन्दाले कालीगण्डकी प्रसारण लाइन निर्माणको काममा अवरोध गरेका छन् । दानादेखि पर्वतको कुश्मास्थित सबस्टेसन जोड्नेगरी निर्माणाधीन २२०, १३२, ३३ र ११ केभीए प्रसारण लाइनमा अवरोध गरेका हुन् । अन्नपूर्ण २ नागढुंगा छेउमा बेनी–जोमसोम सडक आयोजनाले […]
अमर मावि चिमखोलाद्धारा २२ विद्यार्थीलाई निलम्बन

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज असोज १५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ७ अमर माध्यमिक विद्यालयले २२ जना विद्यार्थीहरुलाई निलम्बन गरेको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई विद्यालयले एकमहिनाका लागि निलम्बन गरेको हो । लामो समय देखि विज्ञान विषय र कम्प्युटर शिक्षक रिक्त भएका कारण नियमित पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा […]
स्थानीयको अवरोध पछि मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द

विकल्प न्यूज/बेनी असोज १४ गते । म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयवासीहरुले अवरोध गरेपछि आयोजनाको निर्माण कार्य बन्द भएको हो । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिएको पानीले पहिरो गएको र त्यसको नियन्त्रणमा आयोजनाले बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण […]
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

पोखरा, असोज १४ गते । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । […]
एकताबद्ध भएर लड्न पत्रकारलाई नेता केसीको आग्रह

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले पेशागत रुपमा एकताबद्ध भएर लड्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको बेनीमा उद्घाटन गर्दै उनले पेशागत रुपमा एक हुनुपर्ने बताएका हुन् । केन्द्रीय सदस्य केसीले विभिन्न विचारमा आस्था […]