बेनीमा चौथो ‘एभरग्रीन कप’ फुटवल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी
असोज २३ गते ।  club (4) बेनीमा मंगलबारदेखि चौथो एभरग्रीन कप फुटबल प्रतियोगिता सुरु भएको छ ।  एभरग्रीन युवा क्लवले बिजया दशमी पर्वको अवसरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एभरग्रीन युवा क्लवले कालीपुल यूनाईटेडलाई २ का विरुद्ध ३ गोल गर्दै एभरग्रीनले बिजयी सुरुवात गरेको छ ।club (1)गण्डकी प्रदेशका सांसद विनोद केसीले प्रतियोगिताको उद्घाटन गर्दै केसीले खेलक्षेत्रसंगै समाज परिवर्तनका लागि युवा परिचालनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा एक ब्यवस्थीत खेलकुद मैदान निमार्णमा गुरुयोजनालाई प्राथमिकता दिदै प्रदेश सरकारले पुुर्णता दिन पहल गरिरहेको बताए । club (5)
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगर, वडा ७ र ८ का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण विश्वकर्माकोले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अवसरमा सांसद केसीद्धारा १४ बर्षमुनिका जिल्लाका फुटवल खेलाडी अनुपम र आदेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।club (2)प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख ३० हजार र सत्तरी हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने एभग्रीन युवा क्लवले जनाएको छ । सेमिफाईनलमा बाहिरिने र अनुशासित टिमलाई १५ हजार, उतकृष्ट गोलरक्षक, पेलयर, फिल्डर स्टाईकर, डिफेन्डर र गोलकर्तालाई ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
क्लवका अध्यक्ष ललित पुर्जाको अध्यक्षता, उपाध्यक्ष असल केसीको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्तमको सञ्चालन सचिव धनबहादुर पुर्जाले गरेका थिए ।