बेनी नगरपालिका
व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान
विकल्प न्युज/बेनी बैशाख २७ गते । मृतक बाेगटी बेनी नगरपालिका वडा नम्बर–१ थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी/साथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् । कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसी […]
अधिकार नपाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको गुनासो
विकल्प न्यूज/बेनी बैशाख २७ गते । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राज्यबाट संविधानप्रदत्त हक तथा अधिकारहरुको उपयोग गर्न नपाएको गुनासो गरेका छन् । समावेशी मञ्च नेपालद्वारा बुधवार म्याग्दीको बेनीमा पालिका र प्रदेश सरकारलाई समावेशी र संवेदनशील रहन आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको पक्षमा नीति निर्माण विषयक अन्तत्र्रिmयामा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कानूनमा […]
परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी विषयमा अन्तरक्रिया
२५ बैशाख २०८०, सोमबार स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरको संयुक्त आयोजनामा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तत्र्रिmया गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतीसहित सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख […]
सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा ट्राफिक सप्ताह
विकल्प न्यूज/बेनी बैशाख २५ गते । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ बेनीमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ । सोमबार बेनीमा जनप्रतिनिधि,ट्राफिक प्रहरी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विद्यार्थी र व्यवसायीहरुले […]
बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु
विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा.अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिइन् । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा […]
बिस वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी कारागार चलान
विकल्प न्यूज/बेनी बैशाख २४ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष देखि फरार भएका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ । धवलागिरि गाउँपालिका ३ मुना स्थायी ठेगाना भएका वर्ष ४८ का लक्षिन बुढाथोकी भन्ने लक्ष्मीप्रसाद बुढाथोकीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख २१ […]
प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा चयन
विकल्प न्यूज/बेनी बैशाख २२ गते । नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । युनियनको शुक्रवार बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति चयन हुनुभएको हो । अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्जा र कोषाध्यक्षमा सुरेन गुरुङ चयन […]
स्वतन्त्र,निष्पक्ष र व्यावसायीक पत्रकारितामा जोड
ठाकुरप्रसाद आचार्य/बेनी बैशाख २२ गते । पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र,निष्पक्ष र व्यावसायिक पत्रकारितालाई अगाडी बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार बेनीमा भएको नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने वक्ताहरुले संचार माध्यम र पत्रकारहरुले व्यवसायिक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन । अधिवेशनमा प्रतिनिधिसभाका […]
प्रतिष्ठान म्याग्दीको आयोजनामा अन्तरमावि लोकगीत प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी बैशाख २१ गते । रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १५ गते अन्तरमावि एकल लोक गित प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। गणतन्त्र दिवसको अवसरमा लोक गित क्षेत्रमा लुकेर रहेका प्रतिभा हरुलाई उजागर गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरमावि एकल लोकगीत प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष ध्रुव […]
एमाले म्याग्दीले पार्टी स्थापना दिवस मनायो
विकल्प न्युज/ बेनी बैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले शनिवार पार्टी स्थापना दिवस मनाएको छ । नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो । दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक […]
धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
विकल्प न्युज/ बेनी बैशाख ९ गते । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक […]
बैशाख ९ गते मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो अधिवेशन
विकल्प न्यूज\बेनी बैशाख ६ गते । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको बैशाख ९ गते हुने तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीलाई तीव्र पारिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम […]
बेनी नगरपालिकामा ११ करोड २६ लाख बेरुजु
विकल्प न्यूज/बेनी बैशाख ६ गते । म्याग्दीको बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ । हालै मात्र महालेखापरिक्षकको ६० औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकाको उक्त बेरुजु उल्लेख गरिएको छ । नगरपालिकामा एक अर्व ३२ करोड ७० लाख ९७ हजार रुपैयाँको लेखापरिक्ष्णमा ११ करोड २६ लाख १२ […]
मोटरसाइकलले ठक्कर दिँदा रत्नेचौरमा चितुवा म¥यो
विकल्प न्यूज\बेनी बैशाख ६ गते । बेनी नगरपालिका १ रत्नेचौरको घैयारामा मंगलबार साँझ मोटरसाइकलले ठक्कर दिँदा चितुवा मरेको छ । बेनी –बागलुङ सडक खण्ड अन्तर्गत पर्ने उक्त स्थानमा सुशिल खत्रीले चलाउनुभएको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलले चितुवालाई ठक्कर दिएको थियो । मोटरसाइकलले सडकमा हिडिरहेको चितुवालाई ठक्कर दिएपछि घटनास्थलमै चितुवा मरेको डिभिजन वन कार्यालय म्याग्दीका […]
बौद्ध युवा क्लवले जित्यो सेभेन ए साइड फुटबल
धु्रवसागर शर्मा \ विकल्प न्यूज म्याग्दी १ वैशाख म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार रासीको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवाक्लव बेनी मंगलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवाक्लवले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रवार (आज) भएको फाइनल खेलमा रिभरसाइड युवा क्लवलाई चारका […]