मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी र पुरस्कार वितरण

विकल्प न्यूज\बेनी
असोज ५ गते ।

प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।

कार्यक्रममा यसअघि सम्पन्न फोटो प्रतियोगिताका विजेता ,उपविजेता र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण ,म्याग्दीका अग्रज फोटोग्राफर,एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने प्रकाश माविका समिर सुवेदी लगायतलाई सम्मान गरिएको छ । भने जिसस सभाहलमा म्याग्दीका विभिन्न धार्मिक तथा ऐतिहासीक पर्यटकीय स्थलहरुको फोटो समेत प्रदर्शनी गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनुभएका अन्नपुर्ण गाउँपालिका–५,शिखका गणेश गुरुङ ९सुरेन०लाई २० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र , द्वितिय हुनुभएका बेनी नगरपालिका –५,का अनुप बानियाँलाई १० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी , तृतिय र सान्त्वना स्थान हासिल गर्ने क्रमशः रघुगंगा गाउँपालिका– ३, पिप्लेका भविन्द्र शाही र बेनी नगरपालिका– ७,की रेन्जिसा श्रेष्ठलाई पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । यसैगरी धेरै लाईक पाउने गुरुङको फोटोलाई तीन हजार ,धेरै कमेन्ट प्राप्त गर्ने सन्दीप श्रेष्ठको फोटोलाई तीन हजार र धेरै सेयर भएको शाहीको तस्बिरलाई तीन हजार रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिएको छ ।


त्यस्तै एसईईमा जिल्ला टपर सुवेदीलाई १५ हजार नगद सहित सम्मान गरिएको छ । भने अंगद श्रेष्ठ,अमर बानियाँ ,प्रकाश कुमार श्रेष्ठ,सन्जयकुमार श्रेष्ठ , भोजबहादुर रिजाल ,सन्तोष महत र मोना अन्तर्राष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्कालाई सम्मान गरिएको छ । जिसस प्रमुख थापा ,मोना अष्ट्रेलिया अक्षयकोषका संरक्षक दिपेन्द्र श्रेष्ठ लगायतले पुरकास्कार तथा सम्मानपत्र हस्तान्त्रण गर्नुभएको थियो ।

गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको थियो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत तस्बिरहरु सार्वजनिक गरिएको थियो । मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय स्थलको तस्विर संकलन गरेको थियो । प्राप्त भएका फोटोहरु मोना अस्टे«लीयाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । साउन ३० गतेसम्म सञ्चालित कार्यक्रममा १३९ जना सहभागी भएका थिए ।