एमसीसी खारेज गर्न संयुक्त संघर्ष गरौँ ः नेता अनिल

विकल्प न्यूज /बेनी
असोज १२ गते ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले आइपिएसको अङ्ग एमसीसी खारेज गर्न सबै देशभक्तहरुको साझा मोर्चा अपरिहार्य भएको र आफ्नो पार्टीले त्यसको पहल गरिरहेको खुलासा गर्नुभएको छ ।

शुक्रबार म्याग्दीको सदरमुकाम बेनी बजारमा आयोजना गरिएको एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रियात्मक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले एमसीसी खारेज गर्न संयुक्त संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सी, नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र केसी, नेकपा(माओवादी केन्द्र) बेनी नगर कमिटि का सचिव ज्ञानेन्द्र सुवेदी, राजमोका छवि विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका निशान बहादुर पुन, नागरिक समाजका अगुवा तथा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, बार एशोसियसन म्याग्दी जिल्लाका शाखा अध्यक्ष सागरजीवि उपाध्याय, नेपाल पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष हरिकृष्ण गौतमले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नेकपा केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज उषा सीको अध्यक्षतामा भएको कार्यक्रममा गोमा सीले स्वागत मन्तव्य र उद्घोषण अविरल सीले गर्नुभएको थिए भने गोपाल पौडेल, विवेक कुमार विश्वकर्मा, फिल्टर सीलगायतले अन्तरक्रियामा भाग लिएका थिए । यसैबीच सोही कार्यक्रममा लागि बिहीबार साँझ म्याग्दी पुगेका नेकपा स्थायी समिति सदस्य अनिल सीलाई म्याग्दी जिल्लाले अभिनन्दन गरेको छ ।
एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्रका प्रस्तुतोता समेत रहेका अनिल सी र नेकपा केन्द्रीय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीलाई खादा अविर टीका लगाएर अभिनन्दन गरिएको थियो ।