बेनी नगरपालिका

एकिकृत सम्पत्ति करको बारेमा वडा वडामा अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० फागुन । आगामी आर्थिक वर्षदेखि बेनी नगरपालिकामा लागूु हुन लागेको एकिकृत सम्पत्ति करको बारेमा वडा स्तरमा अन्तरक्रिया गरिएको छ । सरोकारवालाहरुलाई एकिकृत सम्पत्ति कर को बारेमा जानकारी गराउने, प्रचारप्रसार र सम्पत्ति मूल्याङ्कनको आधारका विषयमा छलफल गर्न वडा तहमा अन्तरक्रियालाई तिब्रता दिइएको हो । यसैक्रममा आइतबार बेनपा ७ र ८ का […]

युवालाई सिर्जनशिल र उद्यमशिल बनाउनुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । म्याग्दीका सरोकारवालाहरुले युवामा सिर्जनशिल र उद्यमशिल भावनाको विकास गराउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद्को दोस्रो स्थापना दिवसको अवसरमा जिल्ला युवा समितिको कार्यालयले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा युवाहरुलाई रचनात्मक र सिर्जनात्मक बनाउन उत्प्रेरणाको आवश्यकता रहेको बताएका हुन् । समितिका अध्यक्ष देवीप्रसाद शर्माले युवाहरुमा आफ्ले केही गरेर […]

समयमै पुरा तलब नपाएपछि बेनी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र […]

बेनीलाई ब्यापार, पर्यटन र कृषिको केन्द्र बनाउने योजना छ ः मेयर हरिकुमार श्रेष्ठ

विकल्प न्यूज/बेनी फागुन १८ गते । साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर बनेको बेनी नगरपालिकामा दश वटा वडा छन् । म्याग्दीको सदरमुकाम बेनी बजार अवस्थित बेनी नगरपालिका ७६.५७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलीएको छ । ब्यापार, पर्यटन र कृषिको हिसाबले सम्भावनायुक्त बेनी नगरपालिकाको समग्र विकासमा स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरु विभिन्न […]

किन भयो बेनी नगरपालिका शिक्षकहरुको मागप्रति गैरजिम्मेवार ?

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ फागुन । समयमै पुरा तलब उपलब्ध गराउन बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले बेनी नगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारीहरुको बुधबार बेनीमा बसेको संयुक्त बैठकले नगरपालिकाले शिक्षकहरुको माग प्रति गैरजिम्मेवार रुपमा […]

गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज गलेश्वर १५ फागुन । एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषले […]

रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन १४  गते ।  बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागु पूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म प्रथम रत्नेचौर जागरण कप फुलबल प्रतियोगिताको आयोजना गरेको हो ।  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भुपेन्द्रवहादुर थपाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो […]

पात्लेखेतमा कृषि तथा पशु सेवा सम्बन्धि अभिमुखीकरण

विकल्प न्यूज/बेनी फागुन १३ गते । बेनी नगरपालिका १० पात्लेखेतमा आईतबार कृषि तथा पशु विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको संयोजनमा नगरपालिकाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा नगरपालीकाका कृषि शाखा प्रमुख कृषि प्रसार अधिकृत बेदनाथ पन्थी र पशु सेवा प्राबिधिक नारायण दर्लामीले सहजिकरण […]

बालजागृती आधारभुत विद्यालयमा छात्रावास भवन निर्माण

विकल्प न्यूज/बेनी फागुन १० गते । बेनी नगरपालिका ५ मा रहेको बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ । पलान ईन्टरनेशनल नेपालको सहयोगमा आपङ्ग संघ म्याग्दीद्धारा सञ्चालित समावेशी शिक्षा प्रर्वद्धन परियोजना अन्तरगत तिन कोठे भवन निर्माण भएको हो । पलान ईन्टरनेशनलको ५५ लाख ६२ हजार १८ रुपैयाँ सहयोग र समुदायको […]

परिवार नियोजन सचेतना सम्वन्धी सडक नाटक प्रदर्शन

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको वेनी नगरपालिका—८ क्याम्पस चोकमा परिवार नियोजनको सचेतना जगाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ । युएसएआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल र सिफो टु को आयोजना तथा धौलागिरी नाट्य समुहका कलाकारहरुको प्रस्तुतीमा नाटक देखाईएको हो । परिवार नियोजनका अस्थायी साधानहरुको प्रयोग गर्ने तरिका तथा त्यसका फाईदाहरुको वारेमा नाटकमा […]

बेनपाले सडकको मापदण्ड र क्षेत्राधिकार तोक्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । बेनी नगरपालिका क्षेत्रका सडकहरुको वर्गीकरण र क्षेत्राधिकार तोकिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगरपालिकाले सडकलाई चार वर्गमा बिभाजन गरी दाँया र बाँयाको अधिकार क्षेत्र कायम गरेको हो । नगर कार्यपालीकाको बैठकले नगर क्षेत्र भित्रका सडकको वर्गीकरण र मापदण्ड कायम गरेको नगरपालीकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले जानकारी दिनुभयो […]

बेनीमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने माथी जनप्रतिनिधिद्धारा छापा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ फागुन । बेनी नगरपालिका ८ को कोटभण्डार टोलमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने ठाउँमा वडाका जनप्रतिनिधिको टोलीले बिहीबार छापा मारेका छन् । मानव स्वास्थ्यको लागि प्रतिकुल असर गर्ने अखाद्य बस्तुको मिसावट गरेर चटपट बनाउने गरेको सूचनाको आधारमा वडा अध्यक्ष रामकृष्ण बराईलीको टोलीले छापा मार्नुभएको हो । बेनी नगरपालीकाको ७ र ८ […]

डडुवामा ‘लिफ्ट’ खानेपानी

सन्तोष गौतम /विकल्प न्यूज फागुन ९ गते ।बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दङग पर्नुभएको छ । “डेढ, दुई घण्टा लगाएर गाग्री, ग्यालीन, ड्रम, बोत्तलमा पानी ओसार्नुपर्ने बर्षौदेखिका दुखका दिन गए” ६० वर्षिया परियारले भन्नुभयो “अहिले आगनको धारामा नियमित पानी आउन थालेपछि सुबिधा भयो ।” घरमा उपभोग गर्ने, […]

बेनी गलेश्वर कालोपत्रे सुरु

विकल्प न्यूज/बेनी फागुन ८ गते ।                                                                                                 नवविकल्प फलोअप तेस्रो पटकको म्याद थपपछि बेनी–गलेश्वर सडक कालोपत्रे योजनाको कामले गति लिएको छ । अठार महिनामा सकिनुपर्ने डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम साढे दुई वर्षमा पुरा हुन लागेको हो । यो आयोजना निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाले चासो दिँदै आएका थिए भने नवविकल्प साप्ताहिकले समेत पटक पटक […]

तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया

विकल्प न्यूज/बेनी फागुन ६ गते ।बेनीमा आईतबार तिन वटा सहकारी संस्थाका सञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनीको दिदीबहीनी, भक्तपुर जिल्ला सहकारी संघ र रुपन्देहीको क्षितीज बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने, क्षत्तीज बचत तथा ऋण सहकारीका कार्यबाहक अध्यक्ष […]