बेनी बचतद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २० चैत । IMG_9465६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको छ ।

सहकारीका सञ्चालकहरुको टोलीले २७ जना औषधि उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले नगद पाँच सय रुपैयाँका दरले अस्पतालको शैयामै पुगेर बिरामीहरुलाई नगद वितरण गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता र सचिव लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र बरिष्ठ चिकित्सक डाक्टर रोशन न्यौपानेले बिरामीलाई फलफुल वितरण गर्ने परम्परा तोडेर नगद वितरण गर्ने अभ्यासको सुरुवात गराएकोमा सहकारीको प्रशंसा गर्नुभएको थियो ।

यसैगरी दिवसको अवसरमा मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालीत म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाका अध्यक्ष भुमनाथ सापकोटाको नेतृत्वमा बालगृहमा पुगेको सञ्चालक तथा कर्मचारीहरुको टोलीले बाल संगठनका सभापती नेत्रबहादुर महत लगायतको उपस्थितीमा चामल, दाल, नुन, तेल, कापी, कलप लगायतका सामाग्री वितरण गरेको थियो ।

संगठनका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हाल ११ जना बालबालीका आश्रीत बालगृहको भवन भुकम्पका कारण जिर्ण बनेकाले भत्काएर पुननिर्माण गर्नुपर्ने भएकाले सहयोगको अपिल गर्नुभयो ।