बेनीमा एनसीसी बैंकको शाखा स्थापना

विकल्प न्यूज/बेनी
बैशाख १६ गते । DSC_1196  नेपाल क्रेडीट एण्ड कमर्स (एनसीसी) बैङ्कले बेनी नगरपालिका ८ न्युरोडमा शाखा स्थापना गरेर वित्तिय सेवा सुरु गरेको छ ।

८८ औ शाखाको बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले उद्घाटन गर्नुभएको हो । आधुनिक प्रबिधिको प्रयोग गरि सहज, सरल, सुलभ रुपमा बचत, ऋण लगानी, रेमिट्यान्स, एटीएम लगायत वित्तिय सेवा उपलब्ध गराइने शाखा प्रबन्धक लक्ष्मण शर्माले बताउनुभयो ।

उद्घाटनपछि अध्यक्ष न्यौपानेले बैङ्कले ब्यापारलाई नभएर सेवाका हिसाबले काम गर्नुपर्ने धारणा व्यक्त गर्दै अस्वस्थ्य प्रतिस्पर्धाका कारण अस्वभावीक रुपमा ब्याजदर घटबढ भैरहने समस्या न्युनीकरणमा सचेत रहेको बताउनुभयो । DSC_1202बेनी नगरपालीका ८ का वडा अध्यक्ष रामकृष्ण बराईली र म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्माले बेनीमा बैङ्कको बढ्दो उपस्थितीले उद्योगी ब्यापारीलाई सहज भएपनि अस्वस्थ्य प्रतिस्र्धा र अश्वभावीक ब्यादजर परिवर्तन चुनौतीको रुपमा रहेको बताउनुभयो ।

बेनीकी होटल व्यवसायी बिमला गौचनले कम दरमा सम्झौता गरेर ऋण लिएका सेवाग्राही बैङ्कले आफूखुसी ब्याजदर बढाउँदा मर्कामा परेका गुनासो गर्नुभयो । “आठ प्रतिशतमा लगानी गर्छाै भनेर सम्झौता हुन्छ तर ब्याज तिर्दै जाँदा तेह् प्रतिशतसम्म पुग्छ” उहाँले भन्नुभयो “सम्झौता गरेको भन्दा बढी ब्याज तिर्नुपर्ने बाध्यताका कारण सर्वसाधारण मर्कामा परेका छन् ।” DSC_1207एनसीसी बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले तरलताको अभावका कारण राष्ट्र बैङ्कको निती र निर्देशन अनुसार कर्जामा मात्र नभएर निक्षेपमा पनि ब्याजदर परिवर्तन हुने गरेको बताउँदै तरलता अभावको समस्या समाधानका लागि सरकारी खर्च बताउनुपर्नेमा जोड दिनुभयो ।

करिब एक हजार घरधुरीको बसोबास रहेको म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न बैङ्कका बिस भन्दा बढी शाखा छन् । सानो बजारमा निक्षेप र ग्राहक आफूतिर तान्न बैङ्कहरुको अस्वस्थ प्रतिस्पर्धा देखिन थालेपछि सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।