बेनी नगरपालिका
बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी असार २४ गते । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि खुल्लामञ्चमा सुरु भएको छ […]
बेनी नगरको नीति तथा कार्यक्रम पारित – करिब ५३ करोडको बजेट प्रस्ताव
विकल्प न्यूज/बेनी असार २१ गते । बेनी नगरपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ । संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली […]
बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान
विकल्प न्युज बेनी,असार २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले एसईईमा उत्तिर्ण तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिवार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमका विच उत्तिर्ण एवम् उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो । विद्यालयले एसईईमा जिपिए ए प्लस आठ जना ,जिपिए ए १४ […]
२ महिने व्युटिपार्लर तथा सिलाई कटाई तालिम सम्पन्न
विकल्प न्युुुज म्याग्दी , असार १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा संचालित दुई महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग तथा बेनी नगरपालिकाको व्यवस्थापनमा संचालन भएको २ महिने विहिबार बेनीमा एक कार्यक्रमका विच समापन भएको हो । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गनुर््हुँदै बेनी […]
बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत (भिडियो सहित)
विकल्प न्यूज/बेनी असार १५ गते । आज आइतवार बसेको बेनी नगरपालिकाको विशेष नगरसभा पाँचौ नगरसभामा परिणत भएको छ । नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले पेश गर्नुभएको विशेष नगरसभालाई पाँँचौ नगरसभामा परिणत गरियोस भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको हो ।शनिवार डेढ महिना लामो विवाद अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेताहरु विच भएको […]
सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आज बस्दै
विकल्प न्यूज/बेनी असार १५ गते । राजनीतिक रुपमा सहमति जुटेपछि बेनी नगरपालिकाको नगरसभा आइतवार वस्दै छ । अवको केहीबेरमा नगरपालिकाको सभाहलमा नगरसभा बस्न लागेको हो । नेपाली काँग्रेस र नेकपा विच शनिवार राती भएको सहमति अनुसार विशेष नगरसभालाई बजेट सभाका रुपमा रुपान्तरण गर्न लागिएको हो । नगर कार्यापालिकाको जेठ ३ गतेका निर्णयहरुलाई लिएर विवाद हुँदै आएको […]
बगरफाँटमा नविन आनन्द योगको शाखा
विकल्प न्यूज/बेनी असार १३ गते । जलजला गाउँपालिकाको बगरफाँटमा नविन आनन्द योग केन्द्र नेपालको शाखा विस्तार भएको छ । बगरफाँटमा योग अभ्यासलाई अभ्यासलाई संस्थागत, विस्तार र निरन्तरता दिने उद्देश्यले हिराबहादुर बरुवालको अध्यक्षतामा केन्द्रको शाखा गठन भएको हो । शाखाको उपाध्यक्षमा गौरीदेवी रिजाल (पार्वती), सचिवमा निर्मला केसी जिसी, कोषाध्यक्षमा सरिता जिसी र सहसचिवमा पुजा चोखाल रहनुभएको […]
अदालतको आदेश सँगै बेनी नगरकार्यपालिकाको जेठ ३ गतेका निर्णय कार्यान्वयनको बाटो खुला
विकल्प न्युज/बेनी असार १२ गते । बेनी नगर कार्यापालिकाको जेठ ३ गतेको वैठकले गरेका निर्णयहरु कार्यान्वयनको बाटो खुला भएको छ । यस अघि जेठ २९ गते बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न दिएको आदेश उच्च अदालत पोखराको बागलुङ इजलासले उक्त आदेशलाई विहिवार खारेज गरे सँगै निर्णय कार्यान्वयनको बाटो […]
बेनीका प्रशान्तले ल्याए चार जीपीए
विकल्प न्यूज/बेनी असार १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले चार जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले ४ मा ४ जीपीए ल्याएका हुन् । उनको एसईई सिम्बोल नं. ०२९६४२२ ‘V’ हो। सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी […]
बेनपाले एजेण्डाबिनै १५ गते नगरसभा बोलायो
विकल्प न्यूज/बेनी असार १० गते । विगत एक महिनादेखि आन्तरिक बिवादमा रुमलिएको बेनी नगरपालिकाले असार १५ गते नगरसभा बोलाएको छ । देशभरका स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको हो । एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेको र नगर प्रमुखको निर्देशन अनुसार […]
तातोपानीमा तेक्वान्दो डोजाङ्ग
विकल्प न्युज बेनी, असार ६ गते । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ ।प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा रेजिना खड्का र कोषाध्यक्षमा रिना बुढाथोकी रहनुभएको छ । […]
जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो
विकल्प न्युज म्याग्दी, असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण र गीतसङ्गीत तथा नृत्य प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालयको […]
बुबा आमाको स्मृतिमा छोराहरुद्धारा विद्यालयलाई सहयोग
विकल्प न्यूज\बेनी असार ३ गते । यहाँका एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् । बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि र बुवा ज्ञामु […]
फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनिल पौडेल जेठ ३२ गते । युवा सञ्जालका सदस्यहरुलाई लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखिकरण कार्यक्रम बेनीमा सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्र्तगत प्लान इन्टरनेस्नलको सहयोग र सिविन नेपालको आयोजनामा २ दिनसम्म सम्पन्न भएको उक्र कार्यक्रमको पहिलो दिनमा बोल्दै जिल्ला यूवा समितिका अध्यक्ष डि।पी शर्माले जवसम्म हामी आफँु आत्मनिर्भर हुन सक्दैनौ तबसम्म […]
मेयर गैरजिम्मेवार ः नेकपा, गैरकानुनी निर्णय खारेज हुनुपर्दछ ः काँग्रेस
विकल्प न्यूज/बेनी जेठ ३० गते ।जिल्लाको बेनी नगरपालिकाका जनप्रतिनिधिको अपरिपक्कता र दुरदर्शीताको अभावका कारण नगरपालिका यतिखेर बन्धक बनेको छ । नगरपालिकाले बनाउने विभिन्न ऐन,नियम, कार्यविधि र बजेट निर्माणमा जनप्रतिनिधिको आलोकाँचो प्रवृत्तिका कारण नगरपालिका समय समयमा विवादमा मुछिदै आएको त छ नै अर्को तिर बहुमत र अल्पमतका कारण नगरपालिका यतिखेर बन्दी बनेको छ । आगमी आर्थिक […]