अवयचौरका विद्यार्थीलाई नेविसंघले शैक्षिक साम्रागी सहयोग

विकल्प न्यूज/बेनी
पुस ४ गते ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण गरेको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेविसंघले स्टेशनरी तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सुईटर र टोपी हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत बहादुर रकालले कलिला विद्यार्थीलाई समेत नेविसंघले प्राथमिकता दिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी तथा २० जनालाई विद्यालयकै सिफारिसमा पोशाक सहयोग गरिएको संघका अध्यक्ष निर्मल खत्रीले बताउनुभयो ।

उहाँले जिल्लाका सबै ६ वटै स्थानीयतहका विद्यार्थीलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पुलाचौरका नेता रामबहादुर बानियाँ, वडा नं ५ का वढा उपसभापति नविन बानियाँ, तरुणदल म्याग्दीका नेता असल केसीले मन्तब्य राखेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम परियारले विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोगले सहज भएको बताए । अभिभावक, समितिका सदस्य सहित तरुण दलका विश्वास श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।