इमान्दारिताको नमुना ः जसले सडकमा भेटाएको झोला र पैसा फिर्ता गरे

विकल्प न्यूज /बेनी
पुस ३ गते । समाजमा इमान्दारिताको नमुना प्रदर्शन गर्ने व्यक्तीहरु पनि छन् भन्ने कुरा विहिवारको एउटा घटनाबाट फेरी पुष्टी भएको छ । सडकमा भेटीएको झोला सहितको पैसा सम्बन्धित व्यक्तीको खोजी गरी फिर्ता गरेर एक युवाले उदाहरणीय कार्य गर्नुभएको छ ।

रघुगंगा गाउँपािलका २ भगवती पञ्चासेका झलक शर्मा आचार्यले बेनी गलेश्वर सडकको जलेश्वरमा फेला परेको पैसा सहितको झोला सम्बन्धित व्यक्तीलाई फोन गरेर बुझाउनुभएको हो ।

आचार्यले फेला पारेको खैरो झोला सहित ५० हजार दुइसय नगद,सामसुङ मोवाइल,५९ हजारको चेक लगायतका सामाग्रीहरु बेनी नगरपालिका ९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र गलेश्वर प्रहरीको रोबरमा अन्नपूर्ण गाउँपालिका ३ दानाकी रिया थापालाई बुझाउनुभएको हो । बेनी देखि दाना जाने क्रममा रियाको उक्त झोला जलेश्वरमा खसेको थियो ।

बेनी देखी गलेश्वर जाँदै गर्दा पैसा सहितको झोला सडकमा फेला पारेको हुँ आचार्यले भन्नुभयो ‘झोलामा रहेको नागरिकता,मोवाइल नम्बरहरु र अन्य महत्वपूर्ण कागजातका आधारमा व्यक्तीको पहिचान गरी सामान फिर्ता गरे ।’ झोला भेटाएपछि सम्बन्धित व्यक्तीलाई फोन गरेर बोलाएको उहाँले बताउनुभयो ।रिया बैसरी पुग्नु भएको रहेछ आचार्यले भन्नुभयो ‘हजुरको केही सामान हराएको छ ? भनेर म आफैले उहाँले सोधे ।’ पछि उहाँ रुदै आउनुभयो आचार्यले भन्नुभयो । हराएको झोला सहितको पैसा फिर्ता होला भनेर नसोचेकी रिया पैसा पाएपछि खसी हुँदै घर फर्किनुभएको छ ।