मजदुरको माग सम्बोधन गर्न अनेरास्ववियू म्याग्दीको माग

सन्दिप शर्मा/म्याग्दी
पुस ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले मजदुरको आवाजको सुनुवाई गर्नु पर्ने बताएको छ ।

बेनी नगरपालिकाको कार्यलयमा शुक्रबार जिल्ला अध्यक्ष सुबाश विश्वकर्माको नेतृत्वमा गएको टोलिले सदरमुकाम बेनी बजारमा फोहोर व्यवस्थापनको काम गर्ने कर्मचारीले तलव नपाएको गुनासो मिडियामा सुन्नमा आएको भन्दै तत्काल मजदुरको पक्षमा निर्णय गर्न नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा लाई अनुरोध गरेको छ ।

विश्वकर्माले नगरपालिकाले तत्काल मजदुरको पक्षमा निर्णय नगरे अनेरास्ववियूले नगरपालिका भित्र अन्दोलनका कार्यक्रमहरु गरीने बताए ।

उनले मजदुरको कुराको सुनाई गरि नगरपालिकाले तत्काल बजारको फोहोर व्यवस्थापन गर्न लगाउनु पर्ने बताए । बजारमा फोहोर उठ्न नसक्दा बजार प्रदुषित हुन थालेको छ भने कोठा भाडामा लिएर बस्ने विद्यार्थिहरु लाई समस्या हुन थालेको विश्वकर्माले बताए ।

वेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनि सँग छलफल भई रहेको भन्दै मजदुरको माग अनुसार नै निर्णय गरिने बताए ।

फोहोर व्यवस्थापनको जिम्मा लिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रा.लि ले फोहोर व्यवस्थापनमा कार्यरत कर्मचारी मनकुमारी परियार र जुना दमाईले तीन महिना र चालक चित्रबहादुर बुढाथोकिले एक महिनाको तलव नदिएको भन्दै कर्मचारीहरुले मंसिर अन्तिम साता देखि फोहोर व्यवस्थापनको काम रोकेका छन् ।

छलफल कार्यक्रममा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलि, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा अनेरास्ववियू म्याग्दीका विद्यार्थि नेता गणेश सुवेदी, जनक सुनाम लगाएतको उपस्थिती रहेको थियो ।