नेबिसंघ म्याग्दीको अध्यक्षमा खत्री चयन

विकल्प न्यूज/बेनी
मंसिर २६ गते ।  
नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन हुनुभएको छ । विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा, कोषाध्यक्षमा सनम चोखाल चयन हुनुभएको छ ।

त्यस्तै समितिको सह– सचिवमा दिनेश विश्वकर्मा, आशिक भण्डारी, सविना बरुवाल, सह–कोषाध्यक्षमा सिजन शाही, छविलाल बुढा रहनुभएको छ भने सदस्यहरुमा सविना मल्ल, कृष्ण परियार, बिक्रम आचार्य, मनप्रसाद श्रीपाली, सुर्दशन हमाल, राम पौडेल, एस्पिला बानियाँ, सपाना परियार, प्रोजन घिमिरे, विवस केसी, अभिनाष श्रेष्ठ, एलिजा राना, सनम बुढा, जुना बस्याल, हेम घर्ति मगर, पार्वती पुन, रजनी शाही, कृष्ण बिनियाँ, इन्द्र विश्वकर्मा, तलिता रसाईली, निशा खत्री, गणेश रिजाल र विवेक चन्द रिजाल चयन हुनुभएको हो । केही समय देखी स्तव्यस्त रहेको नेविसंघलाई अब क्रियाशिल बनाउदै विद्यार्थीको समस्याको समाधानलाई प्राथमिकता दिने नव निर्वाचित अध्यक्ष खत्रीले बताउनुभयो । ‘अब पुस महिना भित्र जिल्लाको हरेक माविमा नेवि संघ गठन गर्नेछौँ’ खत्रीेले भन्नुभयो ।

संगम चोक पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पूर्व सांसद रेशम बहादुर बानियाँ, पूर्व सह– सभापती नेत्र महत, सह–सभापती माधव रेग्मीले निर्वाचित कार्यमितिले नेबि संघ जिल्लालाई बलियो र पार्टीप्रती बफादार बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै पाटी सभापती खम बहादुर गर्बुजा खम्बिरले नेबि संघ केन्द्र देखी नै विवादमा रहेकाले जिल्लाले लामो समय देखी निस्क्रीय रहेकाले विद्यार्थीहरुको बेला बोलाएर नयाँ जिल्ला कार्यसमिति चयन गरेको बताउनुभयो । ‘केन्द्र बाट अहिले सम्म नेवि संघको बारेमा कुनै र्सकुलर आएको छैन, तैपनी हामीले पछी आए पनी यही समितीलाई बैद्यानिक बनाउने गरि समिति गठन गरेका हाँै’ उहाँले भन्नुभयो ।