ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

डाँडागाउँका दुई महिला डेढ महिनादेखि सम्र्पक बिहीन

सन्तोष गौतम /विकल्प म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको एक घरका २ बुहारी डेढ महिनादेखि सम्र्पकबिहीन छन् ।  डाँडागाउँ स्थित सराक्दी टोलका चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क […]

धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

विकल्प न्यूज/बेनी जेठ २५ गते । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन शून्य हुने गरेको स्थानीयवासी बताउँछन् । रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको […]

मौवाफाँटमा योग शिवीर सुरु

विकल्प न्यूज/बेनी जेठ २१ ग्ते । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आईतबारदेखि योग शिवीर सुरु भएको छ । गाउँपालिकाको सहयोगमा नविन आनन्द योग केन्द्रले आयोजना गरेको शिवीर ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षतामा भएको शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले स्वास्थ्यका लागि योगको महत्व रहेको बताउनुभयो । […]

रघुगंगामा गौरबको आयोजना

विकल्प न्यूज/बेनी जेठ १७ गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले बजेटलाई केन्द्रित गरेर गौरबका आयोजनामा लगानी गरेको छ । भौगोलिक रुपमा बिकट रघुगंगा गाउँपालिका क्षेत्रमा सहज सडक सुबिधा विस्तारका लागि महत्वका साथ बजेट बिनियोजन गरेर गौरवका आयोजना सञ्चालन गरेको हो । चालु आर्थिक वर्षमा रघुगंगा गाउँपालिकाले नमुना गौरवका आयोजनाको रुपमा झिँ–पाखापानी, दग्नाम–दर्मीजा–चिमखोला सडक र बेग बादुक जोड्ने […]

आगलागी पीडित भण्डारी परिवारलाई राखु–पोखरा सम्पर्क समाजद्धारा सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडित घरपरिवारलाई पोखरामा बस्ने राखुबासीहरुको संस्था राखु–पोखरा सम्पर्क समाजले राहत सहयोग गरेको छ । समाजका अध्यक्ष लिल बहादुर भणडरी , सदस्य माधव रिजाल, प्रेम बहादुर भणडारी , सल्लाहकार लोक बहादुर भण्डारीको पहलमा संकलन भएको नगद रु ८८ हजार ६८० राहत सहयोग मंगलवार पीडित परिवारलाई […]

गणतन्त्र दिवसको अवसरमा मौवाफाँटमा सरसफाई

विकल्प न्यूज/बेनी जेठ १५ गते । गणतन्त्र दिवस –२०७५ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार सरसफाई र प्रभातफेरि गरिएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा मौवाफाँटमा सरसफाई सहित प्रभातफेरी गरिएको हो । गाउँपालिकाका अध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको बिशेष उपस्थितमा गरिएको कार्यक्रममा स्थानीयबासी, पवित्र आमा समुह , ज्ञानोदय माविका […]

सांसद केसीको पहलमा आगलागी पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी म्याग्दी, १२ जेठ ।रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडितलाई ४० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रदेश सभा साँसद विनोद केसीको पहलमा सहयोग जुटाएर आगलागी पीडित जगिन्द्र भण्डारीको परिवारलाई राहत उपलब्ध गराइएको हो । विद्युत सर्ट भएर घरमा रु २५ लाख बराबरको क्षति व्यहोरेका भण्डारी परिवारलाई खाद्यान्न, जस्तापाता गरि उक्त […]

निःशुल्क स्वास्थ्य शिविरबाट चार सय बढी लाभान्वित

धिरन खत्री/विकल्प न्यूज पाखापानी, १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिवीरबाट चार सय जना भन्दा बढीले सेवा लिएका छन् । बेनी अस्पतालको प्राबिधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको शिवीरमा पाखापानी, औल, रायखोर, कोटगाउँ, झिँका ४२० जनाले गाउँमै स्वास्थ्य उपचार सेवा पाएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । डाक्टर बिराट शर्माको नेतृत्वमा […]

अमर माविमा कम्प्युटर कक्ष स्थापना

धिरन खत्री /विकल्प न्यूज पाखापानी १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो । गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा स्थापना […]

जुवाको खालबाट पक्राउ परेका कुइनेमंगलेका वडा अध्यक्ष तिनदिन देखि प्रहरी हिरासतमा

विकल्प न्यूज/बेनी जेठ १२ गते । सदरमुकाम बेनीबाट पक्राउ परेका म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्याल तिनदिन देखि प्रहरी हिरासतमा छन् । छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन । विहिबार उनी सहित १४ जनालाई प्रहरीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकालाई म्याद थप […]

रघुगंगामा मेला जात्रामा कडाई

सन्तोष गौतम/ विकल्प मौवाफाट ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड पर्वमा दश […]

अजिंगर भिरमा सडक बनाउन सुरू

सन्तोष गौतम/ विकल्प न्युज दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण सुरु […]

नकलडाँडा–मँगलेखानी सडकको उद्घाटन

गोपाल छन्त्याल/बेनी जेठ ८ गते ।म्याग्दीको रघुगंगा–७ चिमखोलाको नकलडाँडा देखि वडा ८ मंगलेखानी जोड्ने मोटरबाटोको उद्घाटन गरिएको छ । मंगलबार मँगलेखानीमा आयोजित भव्य समारोहका बीच गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उक्त सडकको उद्घाटन गरेका हुन् । गाउँपालिकाको ८ लाख रुपैयाँको सहयोगमा नकलडाँडादेखि मँगलेखानीसम्म साढे ३ किलोमिटर सडक निर्माण भएपछि स्थानीयलाई दैनिक उपभोग्य बस्तु आयात र स्थानीय […]

आगलागिबाट २५ लाखको क्षति

सन्तोष गौतम /बेनी म्याग्दी ७ जेठ । रघुगंंगा गाउँपालिका २ भगवतीमा सोमबार बिहान आगोलागी हुँदा २५ लाख बराबरको धनमालको क्षति भएको छ । भगवतीको खड्कमारे स्थित जगिन्द्र भण्डारीको घरमा विद्युत सर्ट भएर आगोलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाडाकुडाँ लगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ । चार लाख रुपैया नगद, १३ […]

वडा अध्यक्ष केसीद्धारा अभिभावकत्व ग्रहण

विकल्प न्यूज/बेनी बेनी १ जेठ ।रघुगंगा गाउँपालिका २ भगवतीका वडा अध्यक्ष रिमबहादुर कटुवालले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराउनु भएको छ । भगवतीकी ७ वर्षिया एलीसा भण्डारीलाई सोमबार स्थानीय अन्नपूर्ण आधारभुत विद्यालयको बालकक्षामा भर्ना गराएर कापी, कलम, पोशाक र झोला हस्तान्तरण गर्नुभएको व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीले जानकारी दिनुभयो । वडा अध्यक्ष कटुवालले […]