ताजा समाचार:
Search

अमर माविमा कम्प्युटर कक्ष स्थापना

धिरन खत्री /विकल्प न्यूज
पाखापानी १२ जेठ । IMG_0176रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो ।

गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा स्थापना भएको ल्याबको शुक्रबार गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । ल्याबमा बिस वटा डेक्सटप कम्प्युटर रहेको प्रअ युबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
कक्षा ६, ७, ८, ९ र १० मा ऐच्छिक विषयको रुपमा कम्प्युटर सम्बन्धि पठनपाठन हुने गरेको छ । ल्याबको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले प्रबिधिको प्रयोग गरी सामुदायीक विद्यालयको गुणस्तर सुधार गर्ने उद्देश्यले ८ वटा कम्प्युटर ल्याब स्थापना गर्न यस वर्ष चालीस लाख रुपैया बिनियोजन गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजा, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई लगायतको उपस्थिती रहेको कार्यक्रममा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रअ गर्बुजाको सञ्चालन, व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पाईजाको अध्यक्षता र शिक्षक सरला पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा २०७४ को वाषर््िक परिक्षामा उत्कृट हुने विद्यार्थीलाई पुरस्कार र छात्रवृत्ती वितरण गरिएको थियो ।