आगलागी पीडित भण्डारी परिवारलाई राखु–पोखरा सम्पर्क समाजद्धारा सहयोग

विकल्प न्यूज/बेनी
म्याग्दी, १५ जेठ । Aagolagi pedit help (2)म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडित घरपरिवारलाई पोखरामा बस्ने राखुबासीहरुको संस्था राखु–पोखरा सम्पर्क समाजले राहत सहयोग गरेको छ ।
समाजका अध्यक्ष लिल बहादुर भणडरी , सदस्य माधव रिजाल, प्रेम बहादुर भणडारी , सल्लाहकार लोक बहादुर भण्डारीको पहलमा संकलन भएको नगद रु ८८ हजार ६८० राहत सहयोग मंगलवार पीडित परिवारलाई प्रदान गरिएको छ ।

उक्त अबसरमा समाजको तर्फबाट ५० किलो चामल, १ कार्टुन तेल, ५ किलो दाल, ५ किलो चिनी, १ किलो चियापत्ति समेत प्रदान गरिएका समाजका सल्लाहकार लोक बहादुर भण्डारीले जानकारी दिनुभयो ।
उक्त राहत सहयोग समाजका अध्यक्ष लिल बहादुर भण्डारी मार्फत आगलागि पीडित क्षेत्रबहादुर भण्डारी र उहाँका छोरा जगिन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । विद्युत सर्ट भएर आगलागी हुँदा भण्डारी परिवारको रु ४ लाख नगद, १३ तोला सुन, अन्नपात, लताकपडा जलेर नष्ट हूँदा २५ लाख बराबरको क्षति भएको थियो ।