गणतन्त्र दिवसको अवसरमा मौवाफाँटमा सरसफाई

विकल्प न्यूज/बेनी
जेठ १५ गते । Mauwaphant (1)गणतन्त्र दिवस –२०७५ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार सरसफाई र प्रभातफेरि गरिएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा मौवाफाँटमा सरसफाई सहित प्रभातफेरी गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको बिशेष उपस्थितमा गरिएको कार्यक्रममा स्थानीयबासी, पवित्र आमा समुह , ज्ञानोदय माविका विद्यार्थी एवम शिक्षकहरुको समेत सहभागीता रहेको थियो ।

सो अवसरमा ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका बालबालिकाहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष कमला तिलिजाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदीले मन्तव्य राख्नुभएको थियो भने पवित्र आमा समुहका अध्यक्ष कमला केसीको स्वागत र प्रमुख प्रशासकिय अधिकृत चापागाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको गाउँपालिका कार्यालयको योजना प्रमुख दयाराम पौडेलले जानकारी दिनुभयो ।