सांसद केसीको पहलमा आगलागी पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी
म्याग्दी, १२ जेठ ।Aagolagi pedit (2)रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडितलाई ४० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रदेश सभा साँसद विनोद केसीको पहलमा सहयोग जुटाएर आगलागी पीडित जगिन्द्र भण्डारीको परिवारलाई राहत उपलब्ध गराइएको हो ।

विद्युत सर्ट भएर घरमा रु २५ लाख बराबरको क्षति व्यहोरेका भण्डारी परिवारलाई खाद्यान्न, जस्तापाता गरि उक्त सहयोग गरिएको हो । पीडित परिवारलाई म्याग्दीकाली यातयातबाट रु ५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ । त्यसैगरि रारा ग्रुप, सांसद विनोद केसी, टेकप्रसाद सापकोटा, इन्द्र मगर, मोतीलाल पौडेलबाट रु ३६ हजार बराबरको ३ बन्डल जस्ता पाता समेत सहयोग गरिएको छ ।

पीडित भण्डारीको घरमै पुगेर साँसद विनो केसी र रारा ग्रुपका अध्यक्ष हरि भण्डारीले वडा अध्यक्ष रिम कटुवाल, सदस्यद्धय रविन भण्डारी र विष्णु भण्डारीको रोहोबरमा उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो । आगलागीबाट घर जल्दा ४ लाख नगद, १३ तोला सुन, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको थियो ।