निःशुल्क स्वास्थ्य शिविरबाट चार सय बढी लाभान्वित

धिरन खत्री/विकल्प न्यूज
पाखापानी, १२ जेठ । pakhapani sibir (1)रघुगंगा गाउँपालिका ६ पाखापानीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिवीरबाट चार सय जना भन्दा बढीले सेवा लिएका छन् । बेनी अस्पतालको प्राबिधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको शिवीरमा पाखापानी, औल, रायखोर, कोटगाउँ, झिँका ४२० जनाले गाउँमै स्वास्थ्य उपचार सेवा पाएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । डाक्टर बिराट शर्माको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सेवा दिएको थियो ।

स्त्री तथा प्रस्तुती, आखाँ, प्रयोगशाला, परिवार नियोजन, माईनर अप्ररेशन, भिडियो एक्सरे र दाँत सम्बनिध सेवा दिइएको थियो । गाउँमै चिकित्सकको उपस्थितीमा सेवा पाउँदा दुर्गम ग्रामिण क्षेत्रका गरिब विपन्न नागरीकलाई राहत मिलेको रघुगंगा ६ का ७२ वर्षिय सबहादुर शेरपुञ्जाले बताउनुभयो ।

शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले पाखापानी क्षेत्रका बासिन्दालाई सहज र सुलभ रुपमा सार्वजनीक सेवा उपलब्ध गराउन प्रत्येक शुक्रबार पाखापानीबाट घुम्ती सेवा दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाई नेतृत्वको कर्मचारी टोलीले सिफारीस लगायतका प्रशासनीक सेवा उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक टिका शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।