डाँडागाउँका दुई महिला डेढ महिनादेखि सम्र्पक बिहीन

सन्तोष गौतम /विकल्प
म्याग्दी, २५ जेठ । IMG_3901 म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको एक घरका २ बुहारी डेढ महिनादेखि सम्र्पकबिहीन छन् ।  डाँडागाउँ स्थित सराक्दी टोलका चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क विहिन बनेको उहाँले बताउनुभयो ।
‘‘हामी घरका अरु सदस्य घरमा नभएको समयमा उनीहरु दुबै जना घरबाट निस्कीएका थिए, आफन्त र नातोगोता सबैकोमा खोजी ग¥यौ तर केही पनि पत्ता लाग्न सकेन,’’– बुढाले भन्नुभयो । IMG_3902हराएका दुबै महिलाको उमेर २० बर्ष रहेको छ । खोजी कार्यको लागि इलाका प्रहरी कार्यालय दरबाङमा तस्बिर सहित आबश्यक हुलिया दिएर खोजीकार्यको लागि निवदेन दिएपनि अहिलेसम्म प्रहरीले समेत उनीहरुको अबस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ ।
चिनाका श्रीमान गाउँमै रहेका छन् । साउदीमा रहेका ओममायाँका श्रीमान समेत आफ्नो श्रीमती घरबाट भागेर गएपछि घर फर्किएका छन् । घरपरिवारको सम्पर्क विहिन बनेकी चिनाको २ बषिय छोरी समेत घरमै छाडेर उनी बेपत्ता भएको घरपरिवारले जनाएको छ । उनीहरुले घरबाट निस्कीएपछि मोवाईल फोन समेत स्विच अफ गरेको कारण खोजी गर्न समस्या भएको घरपरिवारको भनाई छ ।