आगलागिबाट २५ लाखको क्षति

सन्तोष गौतम /बेनी
म्याग्दी ७ जेठ । jaleko garरघुगंंगा गाउँपालिका २ भगवतीमा सोमबार बिहान आगोलागी हुँदा २५ लाख बराबरको धनमालको क्षति भएको छ ।

भगवतीको खड्कमारे स्थित जगिन्द्र भण्डारीको घरमा विद्युत सर्ट भएर आगोलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाडाकुडाँ लगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ ।

चार लाख रुपैया नगद, १३ तोला सुन लगायतका धनमाल जलेर नष्ट हुँदा २५ लाख बराबरको क्षत्ती भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिनुभयो । बिहान सात बजेतिर लागेको आगो स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगोलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन् ।