मालिका गाउँपालिका
दरवाङमा सम्पन्न एकिकृत घुम्ती शिविरमा ३१४ वटा नागरिकता वितरणा

सन्तोष गौतम / विकल्प दरवाङ, १९ जेठ ।मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शनीवार सम्पन्न एकिकृत घुम्ती शिवीरमा ३ सय बढी नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा दुई दिनसम्म सञ्चालन भएको घुम्ती शिवीरमा ३१४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, […]
दरबाङमा एकिकृत घुम्ती शिवीरमा सेवाग्राहीको भिड

सन्तोष गौतम/ विकल्प दरवाङ, १८ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबारदेखि एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना, मालिका र धौलागिरि गाउँपालिको समन्वयमा सञ्चालन भएको दुई दिने शिवीरमा सदरमुकाम स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, […]
वातावरण दिवसमा दरवाङमा बृहत सरसफाई हुने

विकल्प न्युज / दरवाङ जेठ १८ गते । विश्व वातावरण दिवसको अवसरमा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बृहत् सरसफाई अभियान सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका र वास पत्रकार मञ्च म्याग्दीको संयुक्त संयोजनमा जेठ २२ गते उक्त अभियान सञ्चालन हुन लागेको हो । अभियानको पूर्वसन्ध्यामा शुक्रबार दरवाङका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, वडाअध्यक्षहरु, […]
मालिकामा मापदण्ड विपरित संरचना बनाए सेवा सुबिधा राेक्का

गोपाल छन्त्याल/ बेनी जेठ १७ गते । मालिका गाउँपालिकाले बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि मापदण्डको कार्यान्वयनलाई कडाई गरेको छ । गत पुस महिनामा गाउँपालिकाले मापदण्ड स्वीकृत गरेको थियो । बिहिबार बसेको गाउँ कार्यपालिकाको वैठकले मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि अटेरी गरि संरचना निर्माण गर्नेलाई गाउँपालिकाको तर्फबाट प्राप्त सबै सेवासुविधा रोक्क ागर्ने निर्णय भएको गाउँपालिका […]
गणतन्त्र दिवसका अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गणतन्त्र दिवसका अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उहाँका छोराहरु मिनप्रसाद गौचन,खगेन्द्र गौचन र फर्मेन्द्र गौचनले स्थापना गरेको गरिब तथा जेहेन्दार छात्रावृत्ति कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई झोला , […]
चिकित्सकको चरम लापरबाही

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । फिस्टेल हस्पीटल पोखराका चिकित्सकले हात भाँचीएका म्याग्दीका एक बालकको उपचारमा चरम लापरबाही गरेको पाइएको छ । मालिका गाउँपालिका ६ दरवाङका ४ वर्षिय राहुल आचार्यको हातमा गरिएको पलास्टर र राखीएको स्टीलको रड निकाल्ने क्रममा चिकित्सकले लापरबाही गरेका हुन् । पलास्टर निकाल्ने क्रममा संगै राखिएका तिन मध्य एउटा रड त्यसै […]
निस्कोटमा महिला तथा आदिवासी जनजातिहरुलाइ प्रशिक्षण

साधन राम्जाली/दरवाङ जेठ १० गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा बुधबार महिला क्षमता बिकास तथा आदिबासी उत्थान १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय एबं महिला तथा जनजाती संजालको सयुक्त आयोजना र नेपाल मगर बिधार्थी संघकी पुर्व केन्द्रीय अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय सचिब एबं बाग्लुङ गलकोट नगर पालिकाकी उपप्रमुख रेनुका […]
मालिका गाउँपालिकाद्धारा गाईखर्क ताल संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ । म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई बढाउन बाँध बनाइएको गाउँपालिकाका अध्यक्ष […]
देविस्थानमा नेपाली कागज उद्योग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र स्थानीयको आयआर्जन वुद्धीका लागि […]
मालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालीम सुरु

सन्तोष गौतम /बेनी म्याग्दी ७ जेठ ।मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबारदेखि जनप्रतिनिधिहरुको लागि मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ८ दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि र अगुवा गरी ४२ जनाको सहभागीता रहेको छ । बस्ती स्तरमा हुने झैझगडा, बिवादलाई वडामै मिलाएर सामान्य विषयमा गाउँपालिका, प्रहरी, प्रशासन, अदालत र अर्धन्यायीक निकायमा […]
ताले खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज मलिका २७ बैशाख । मालिका गाउँपालिका ४ ओखरबोटको आस्का छापमा निर्माण भएको ताले खानेपानी तथा सरसफाई आयोजनाको बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाद्धारा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको परियोजनाको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो ।उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै अध्यक्ष रोकाले आयोजनाको दिगो र व्यवस्थित […]
मनमोहक मालिका

सन्तोष गौतम/विकल्प न्यूज बैशाख २६ गते । मलिका(म्याग्दी) / घना जंगलको बिचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरोझै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभुमिका हिमाल । बिहानीमा लाली छाउँदै पूर्वबाट उदाउने सुर्योदय । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास । धार्मीक तथा पर्यटकीय हिसाबले […]
खाराका आगलागी पीडितलाई घर हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख । मालिका गाउँपालिका ७ बिमको खाराका आगोलागि पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगोलागीबाट घर जलेर ध्वस्त भएपछी बिचल्लीमा परेका चन्द्रबहादुर दमाईलाई बिमको हिराजित स्मृती युवा कल्वको पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष रेशम जुग्जालीको संयोजकत्वमा स्थानीयबासी, प्रवासीबाट सहयोग तथा […]
निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण सुरु

विकल्प न्यूज/बेनी बैशाख १९ गते । मालिका गाउँपालिका १ निस्कोट देखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले उपभोक्ता समिति मार्फत निस्कोट देखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण सुरु गरेका हुन् । यस वर्ष गाउँपालिकाको पाँच लाख रुपैयाँ अनुदानमा निस्कोट देखि सिद्ध मन्दिरको छेउसम्म […]
पाँच हजार भक्तजनले मालिका दर्शन गरे

गोपाल छन्त्याल/बेनी बैशाख १८ गते । म्याग्दीको प्रसिद्ध धार्मिक गन्तव्यको रुपमा विकसित मालिकामा चण्डि पूर्णिमाका दिन पाँच हजार भक्तजनले दर्शन गरेका छन् । सोमबार एकैदिन उक्त सँख्यामा भक्तजनले दर्शनपुजन गरेको मालिका विकास क्षेत्रका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए । भक्तजनबाट २७ हजार ७ सय रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पाइजाले जानकारी दिए । ‘बालीनालीको प्रवद्र्धन, […]