ताजा समाचार:
Search

चिकित्सकको चरम लापरबाही

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ जेठ ।

IMG_3073फिस्टेल हस्पीटल पोखराका चिकित्सकले हात भाँचीएका म्याग्दीका एक बालकको उपचारमा चरम लापरबाही गरेको पाइएको छ ।

मालिका गाउँपालिका ६ दरवाङका ४ वर्षिय राहुल आचार्यको हातमा गरिएको पलास्टर र राखीएको स्टीलको रड निकाल्ने क्रममा चिकित्सकले लापरबाही गरेका हुन् । पलास्टर निकाल्ने क्रममा संगै राखिएका तिन मध्य एउटा रड त्यसै छाडीएपछि बालक गम्भिर बिरामी परेका अभिभावकले बताएका छन् ।

चैत २३ गते घरमै खेल्ने क्रममा देव्रे हातको कुहीनामा हात भाचीएपछि २४ गते फिस्टेल हस्पीटलमा आचार्यको हात पलास्टर गरीएको थियो । पलास्टरसंगै भाचीएको हातलाई जोड्नका लागि तिन वटा स्टीलका रड राखिएको थियो ।

जेठ दश गते पलास्टर फुकाउने क्रममा दुई वटा स्टीलको रड निकाले पनि चिकित्सकले एउटा रड ननिकालेपछि आफै बाहिर निस्कीदा भएको दुखाईले बालक बिरामी परेका उनकी आमा राधिका आचार्यले बताउनुभयो ।

“अप्रेशन गरेर पलास्टर र रड निकालीएको छ घरमा लगेर मलम लगाउनुहोला भनेर पठाउनुभएका थियो” आचार्यले भन्नुभयो “शुक्रबार बिहान घरमा आएपछि अस्पतालमा लगाइएको टालो निकालेर सरसफाई गर्ने क्रममा एउटै रड त्यसै छाडीएको अवस्थामा भेटियो ।”
उपचारमा संलग्न अस्पतालका चिकित्सक डाक्टर भोला श्रेष्ठले हतारमा काम गर्नुपर्दा यस्तो भएको गल्ती स्विकार गर्दै छोडीएको रड निशूल्क निकालीदिने प्रतिवद्धता जनाउनुभयो । लापरबाही गर्ने चिकित्सकलाई कारबाही, क्षत्तीपुर्ती र छोडीएको रडका कारण बालकको स्वास्थ्यमा आउने समस्याको अस्पतालले जिम्मेवारी लिनुपर्ने अभिभावकहरुले माग गरेका छन् ।