ताजा समाचार:
Search

मालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालीम सुरु

सन्तोष गौतम /बेनी
म्याग्दी ७ जेठ ।Malika Melmilap Talim 2मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबारदेखि जनप्रतिनिधिहरुको लागि मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा ८ दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि र अगुवा गरी ४२ जनाको सहभागीता रहेको छ । बस्ती स्तरमा हुने झैझगडा, बिवादलाई वडामै मिलाएर सामान्य विषयमा गाउँपालिका, प्रहरी, प्रशासन, अदालत र अर्धन्यायीक निकायमा पुग्नुपर्ने समस्या न्युनीकरण गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।

तालीम पश्चात गाउँपालिकाको सात वटै वडामा मेलमिलाप केन्द्र गठन गरिने उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक खरमाया बिटालुले बताउनुभयो । कानुन ब्यवसायी रामबहादुर रावत र ममतादेवी शर्माले मेलमिलापको अवधारणा, दन्द्ध, बिवाद समाधानका परम्परागत तरीका, बैकल्पीक उपाय, मेलमिलाप सम्बन्धि अभ्यास, कानुनी अवस्था लगायतका विषयमा सहजीकरण गर्नुहुने जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसादको अध्यक्षता, कर्मचारी खसीला गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिटालुले तालीमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो ।