मालिका गाउँपालिका

यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो

विकल्प न्यूज/बेनीबैशाख ३० गते । सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ ।  मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो ।  समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको मालिकामा हरेक […]

प्रभुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

विकल्प न्यूज/बेनीबैशाख २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र […]

मालिकाको रुममा १७ वटा पसलको अनुगमन

विकल्प न्यूज/बेनीबैशाख १२ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको हो ।

दरबाङमा टहरा भत्काएर सडक विस्तार

विकल्प न्यूज/बेनीबैशाख ११ गते । म्याग्दी,  वैशाख ११ गते ।  मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् ।   दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।   #ADD यसअघि तीन दशमलव पाँच […]

म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

विकल्प न्यूज/बेनीबैशाख ११ गते । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित

विकल्प न्यूज/बेनीबैशाख ९ गते । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।

जलविद्युत आयोजनाको बदमासीले पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी,  चैत २० गते ।  मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न  सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।  धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । विसं २०७५ […]

मालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण

विकल्प न्यूज/बेनीफागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा […]

रुम–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी २० फागुन ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । गण्डकी प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले रुम– ताराखोला सडक आयोजना कार्यान्वयनका लागि मङगलवार बहुबर्षीय ठेक्का आव्हान गरेको कार्यालय प्रमुख बिष्णुप्रसाद पौडेलले बताउनुभयो ।   रु. तीन करोड बजेट स्रोत […]

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु

 विकल्प न्यूज/बेनीफागुन १२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष […]

प्रथम ‘तरुण कप’ को उपाधि अर्मनलाई

विकल्प न्यूज/बेनीफागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन ए ले हात पारेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन ए ले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जित्दै उपाधि हात पा¥यो […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण

(म्याग्दी),  फागुन ८ गते ।  पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना […]

श्रेष्ठको २६औं कृति विमोचन

विकल्प न्यूज/बेनीफागुन ८ गते । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं स्मृति दिवस‌मा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं। ४, च्यूरीबोटमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो […]

मालिका गाउँपालिकामा तीन विधेयक पारित

विकल्प न्यूज/बेनीफागुन १ गते । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो ।बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारित गरेका विधेयक ऐनका रूपमा कार्यान्वयन हुनेछन् […]

म्याग्दीमा दुईदिनमा तीनहजार बढीले लगाए एचपिभी खोप

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २३ गते । म्याग्दीमा दुईदिनको अवधिमा तीनहजार भन्दा बढी किशोरीहरुले एचपिभी खोप लगाएका छन् । जिल्लाका सबै स्थानीय तहमा मंगलबार देखी सुरु भएको खोप अभियानका क्रममा तीन हजार १० जना किशोरी खोप अभियानमा सहभागी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पहिलो दिन जिल्लाभर १४ सय ३५ जनाले खोप लगाएका थिए […]