ताजा समाचार:
Search

मालिका गाउँपालिकाद्धारा गाईखर्क ताल संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० जेठ ।  Gaikharka Tal 3(1)म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् ।

मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई बढाउन बाँध बनाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । उक्त योजनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैया बिनियोजन गरेको थियो ।

हाल ४६४६ मिटर लम्बाई, चौडाई तथा तिन मिटर गहिराई भएको तालको लम्बाई चौडाई बढाएर ५५५५ मिटरको बनाइएको छ । क्षेत्रफलसंगै बाँध बनाएपछि गहिराई पनी बढ्ने जनाइएको छ ।Gaikharka Tal 2(1)गोलो आकारको तालको पृष्ठभुमिमा धौलागिरि, गुर्जा लगायतको हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ परेको मनमोहक दृष्य अवलोकन गर्न सकिने तालको संरक्षण र प्रर्वद्धन गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो ।

मगरदाङ देखि तिस मिनेट उकालो पैदल हिडेपछि पुगीने गाईखर्क ताल प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । ताल देविस्थानका पानीका मुहानको स्रोतको रुपमा रहेको बताईन्छ । ताल भरिएपछि ओभरफुल हुने पानीलाई खोल्सामा व्यवस्थित गर्ने संरचना समेत निर्माण गरिने भएको छ ।