ताजा समाचार:
Search

गणतन्त्र दिवसका अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/बेनी
जेठ १६ गते । 33855014_1996847300565097_2665855740719136768_nम्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गणतन्त्र दिवसका अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

स्वर्गीय चक्रप्रसाद गौचनको स्मृतिमा उहाँका छोराहरु मिनप्रसाद गौचन,खगेन्द्र गौचन र फर्मेन्द्र गौचनले स्थापना गरेको गरिब तथा जेहेन्दार छात्रावृत्ति कोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीहरुलाई 34033175_1996847390565088_7149863926308536320_nझोला , पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।  सो कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०७४ को पुरस्कार बितरण को साथै नवआन्गंतुक विद्यार्थीलाइ स्वागत तथा सदन स्तरीय नित्य प्रतियोगिता सम्पन्न भएको छ। शिक्षक अभिभावक संघ अध्यक्ष रेखा पुर्जाको अध्यक्षता, प्रकाश सुवेदीको सञ्चालन शिक्षक नरबहादुर विश्वकर्माको स्वागतमा सम्पन्न कार्यक्रममा प्रअ डम्बरबहादुर घर्ती, शिक्षक यामनाथ पौडेल,यामप्रसाद तिवारी र विद्यार्थीका तर्फबाट एलिना पुर्जाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साथै विद्यालयमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा माछापुच्छ«े सदन पहिलो र सगरमाथा सदन द्धितीय भएको शिक्षक पौडेलले जानकारी दिनुभयो । पहिलो र द्धितीय हुनेलाई शिक्षक धनुप्रसाद पुर्जाले पुरस्कार प्रायोजक गर्नुभएको थियो ।