ताजा समाचार:
Search

ताले खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज
मलिका २७ बैशाख ।      DSC_1222 मालिका गाउँपालिका ४ ओखरबोटको आस्का छापमा निर्माण भएको ताले खानेपानी तथा सरसफाई आयोजनाको बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाद्धारा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको परियोजनाको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो ।DSC_1202उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै अध्यक्ष रोकाले आयोजनाको दिगो र व्यवस्थित सञ्चालनमा जोड दिनुभयो । उहाँले घरघरमा खानेपानी सुबिधा विस्तारका लागि परियोजना मार्फत काम भैरहेको जानकारी दिदै निर्माण भएका आयोजनाको संरक्षणमा समुदायले ध्यान दिनुपर्ने बताउनुभयो । DSC_1213गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले परियोजना मार्फत सञ्चालीत खानेपानी आयोजना पारदर्शी र प्रभावकारी भएको बताउनुभयो । खानेपानी, विद्युत, सडक जस्ता अत्यावश्यक पूर्वाधार निर्माणका योजनालाई गाउँपालिकाले प्राथमिकता दिने उपाध्यक्ष बिटालुको भनाई थियो ।DSC_1208वडा अध्यक्ष दिलीप शेरचनले साविकको ओखरबोटमा दुई करोड ८५ लाख रुपैया लागतका छ वटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेको जानकारी दिदै उपभोक्ताको सक्रिय सहभागीताको अपेक्षा व्यक्त गर्नुभयो । okharbot khanepaniपरियोजना, जिल्ला समन्वय समिति र उपभोक्ताको २७ लाख १२ हजार ८६० रुपैया लगानीमा निर्माण भएको आयोजनाबाट २८ घरका १९१ जनसंख्या लाभान्वित भएको परियोजनाका वास संयोजक शिबराम शर्माले जानकारी दिनुभयो ।

निजी धारा जडान गरेर घरघरमा खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष जुद्धबहादुर खत्रीले बताउनुभयो । उनिहरुले यसअघि वि.स २०४० मा निर्माण भएको आयोजनाको सार्वजनीक धारा मार्फत खानेपानी उपभोग गर्दै आएका थिए । आयोजना निर्माण भएपछि सहज र सुबिधा भएको स्थानीय दिलमती सुनारले बताउनुभयो ।DSC_1176उपभोक्ता समितिका अध्यक्ष खत्रीको अध्यक्षता, शिव आधारभुत विद्यालयकी शिक्षिका गिता पुनको सञ्चालन र वडा सदस्य उदबिर रसाईलीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा परियोजनाका म्याग्दी जिल्ला सल्लाहकार थरेन्द्र पौडेल, बागलुङका ऋतुप्रसाद चौलागाईले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।DSC_1180परियोजनाका प्राबिधिकहरु सहितको टोलीले आयोजनाका संरचनाको स्थलगत अनुगमन र आय ब्यय विवरण सार्वजनिक गरिएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य