मालिका गाउँपालिका

बिमका ज्येष्ठ नागरिक र अपाङगलाई सिरक वितरण

सन्तोष गौतम/ विकल्प बिम १३ जेठ । म्याग्दीको मालीका गाउँपालीका ७ बिमका जेष्ठ नागरीक र अपाङ्गहरुलाई बुधबार सिरक वितरण गरिएको छ । ३० जना जेष्ठ र अपाङगता भएका नागरीकहरुलाई एक, एक थानका दरले रुईको सिरक वितरण गरिएको हो । वडा कार्यालयको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको ७५ हजार रुपैयाबाट उपभोक्ता समितिले सिरक खरिद गरेर जेष्ठ, अशक्त […]

दरवाङलाई सफा र सुन्दर बनाउन टोल विकास समिति सक्रिय

विकल्प न्यूज/बेनी असार १२ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारलाई सफा सुग्धर बनाउन टोल विकास समिति सक्रियता देखाएका छन् । स्थानीय तह कार्यान्वयनसंगै गठन भएका समिति मार्फत नियमित सरसफाई अभियान सञ्चालन गरेर म्याग्दीको दोस्रो सदरमुकाम र पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र दरवाङ बजारलाई चिटिक्क बनाउन सक्रिय बनेका हुन् । सार्वजनिक स्थलमा फोहोर नफाल्ने र घरायसी […]

म्याग्दीका स्थानीय तहमा दुई अर्बको बजेट आउँदै

सन्तोष गौतम/नवविकल्प आसर १० गते । म्याग्दीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५७६ का लागि करिब दुई अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएका छन् । म्याग्दीका छ वटै स्थानीय तहले आईतबार एकै दिन नगर तथा गाउँसभा बोलाएर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । संघीयताको अभ्यासमा रहेका स्थानीय तहहरुले दोस्रो पटक आफै बजेट ल्याउन लागेका […]

अबैध रुपमा बालुवा उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई जरीवाना

विकल्प न्यूज/बेनी असार ९ गते । म्याग्दी नदीबाट अवैध तरिकाले नदीजन्य वस्तुको उत्खनन् गर्ने स्काभेटर र ट्याक्टरलाई ५७ हजार पाँचसय रुपियाँ जरिवाना गरिएको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको जिल्ला अनुगमन समितिको वैठकले मालिका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलाबाङ क्षेत्रमा नदीजन्य वस्तुको अवैध रुपमा उत्खनन् र चोरी निकासीमा प्रयोग भएका स्काभेटर र […]

नदीजन्य बस्तुको चोरी निकासीमा प्रयोग भएको सवारी साधन प्रहरी नियन्त्रणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा तोलावाङ क्षेत्रमा म्याग्दी नदीको किनारबाट नदीजन्य बस्तुको अबैध रुपमा उत्खनन् र चोरी निकासी भएको छ । स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भेटिएको प्रहरीले जनाएको छ । अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् […]

मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको […]

मालिकामा डिजीटल बडापत्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ जेठ । म्याग्दीको मालीका गाउँपालिकाको दरवाङ स्थित कार्यालयमा डिजीटल नागरिक बडापत्र जडान गरिएको छ । विद्यूतीय माध्यमबाट सेवाग्राहीहरुलाई प्रभावकारी दंगले सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले डिजीटल बडापत्र जडान गरिएको हो । यसअघि होडीङ बोर्ड र फेलेक्स प्रिन्टको बडापत्र प्रयोगमा थियो । होडीङ र फेलेक्सको तुलनामा विद्युतीय बडापत्र प्रभावकारी […]

मालिका २ रुमबाट चसेर सहित पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ जेठ ।म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट करिब एक किलो लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले ९२० ग्राम बराबरको कालो रङको चरेश सहित रुमका ३९ वर्षिय नोकबहादुर रोकालाई पक्राउ गरेको हो । सुराकीको आधारमा घर खानतलासी गर्ने क्रममा सेतो […]

दुर्गम र कान्छो वडालाई उपेक्षा गरिएको जनप्रतिनिधिको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ को वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि […]

बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)

विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा […]

सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ २७ जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ सिस्नेरीका बासिन्दाको पहलमा चौध किलोमिटर सडक निर्माण भएको छ ।  करिब साढे ४५ लाख रुपैयाँको लागतमा मालिका गाउँपालिका ५ देविस्थानको पन्थोक देखि सिस्नेरी हँुदै खवाङ सोटे जोड्ने सडक निर्माण भएको हो । स्थानीयबासी र सरकारी निकायको संयुक्त लगानीमा सडक निर्माण भएपछि ६० घरधुरी लाभान्वित […]

दरवाङ र पश्चिम म्याग्दी एकिकरणको प्रस्ताव पारित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सञ्चालीत दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न छुट्टा÷छट्टै साधारण सभाबाट एकिकरणको प्रस्ताव पारित भएको छ । समान उद्देश्य र कार्यक्षेत्र भएका सहकारी संस्थाको एकिकरण गरी सर्वसुलभ तथा सहज रुपमा सेवा उपलब्ध गराउने निष्कर्ष सहित आर्थिक कारोबारका हिसावले पश्चिम म्याग्दीका दुई […]

डाँडागाउँका दुई महिला डेढ महिनादेखि सम्र्पक बिहीन

सन्तोष गौतम /विकल्प म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको एक घरका २ बुहारी डेढ महिनादेखि सम्र्पकबिहीन छन् ।  डाँडागाउँ स्थित सराक्दी टोलका चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क […]

दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ जेठ । चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोग बिहीन बनेको नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुन सञ्चालनमा आएको छ । मर्मत र चालकको ब्यवस्था गरेपछि गत वर्षदेखि थन्कीएको एम्बुलेन्स सेवा यसै हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी […]

देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २५ जेठ ।       सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका […]