फुलबारीमा सार्वजनिक सुनुवाई

सन्तोष गौतम, साधन राम्जाली
फुलबारी १७ असार ।  IMG_6187म्याग्दीको मालिका गाउँपालिका ४ फुलबारीमा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मालीका गाउँपालिकाको सहयोग र म्याग्दी मिडिया सोसाईटीसंगको समन्वयमा संगम म्याग्दीले स्थानीय तहको गतिबिधि, विकास निर्माणमा पारदर्शीता, नागरिकको गुनासो, समस्या, अपेक्षा, सुझाव संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरेको हो ।

सुनुवाईमा सहभागी स्थानीयबासीहरुले वडा र गाउँपालिकामा दरबन्दि अनुसारका कर्मचारीको व्यवस्था गर्नुपर्ने, कृषिमा प्राथमिकता दिन, उपभोक्ता समितिका पदाधीकारीलाई तालीम दिनुपर्ने, वडा सदस्यहरुलाई सक्रिय बनाउनुपर्ने, फुलबारी बस्ती संरक्षण, सडक स्तरोन्नतीका योजनालाई प्राथमिकता दिनुपर्ने बताएका थिए । IMG_6182कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सबिधानले अधिकार दिएपनि जनशक्तिको अभावका कारण स्थानीय सरकारप्रती जनताले अपेक्षा गरेअनुसार काम गर्न समस्या भएको बताउदै पारदर्शीता, सुशासन र दिगो विकास मूल्य कार्यभार भएको बताउनुभयो ।
अध्यक्ष रोकाले जनताको सुझाव र गुनासाको सम्बोधन गर्न पहल गर्ने बताउदै थोरै बजेटका धेरै टुक्रे योजनाको विकल्पमा आगामी वर्षमा गौरवका योजना छानेर कार्यान्वयन गर्दै लैजाने बताउनुभयो ।

वडा अध्यक्ष दिलीपकुमार शेरचनले ७८ वर्षको उमेरमा जनताको सेवामा खटिएको बताउँदै सरल, सहज, प्रभावकारी सेवा प्रवाह, गुणस्तरीय, दिगो विकास र पारदर्शीतामा कसैसंग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । पाँच वर्षे कार्ययोजना तयार पारेको बताउदै सोही अनुसार सबै बस्तीलाई समेटेर विकास निर्माणको काम अघि बढाउने वडा अध्यष शेरचनको भनाई थियो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दरवाङका प्रमुख प्रहरी निरिक्षक दिपक महत क्षेत्री, वडा सचिव रमाकान्त घिमीरे, कार्यपालीका सदस्य मनरुपा राम्जाली, उदबिर रसाईली, ओखरबोट स्वास्थ्य चौकीका सम्भु श्रेष्ठ, पशु सेवा प्राबिधिक धु्रब चोखाल, सुआहाराकी फिल्ड सुपरभाईजर सुमित्रा पौडेल लगायतले सहभागीले गरेका प्रश्न, जिज्ञाशा र गुनासोको बिषयमा उत्तर दिनुभएको थियो ।

वडा अध्यक्ष शेरचनको अध्यक्षता, सचिव घिमीरेको सञ्चालन र सदस्य उदबिर रसाईलीको स्वागत मन्तब्यमा सम्पन्न सुनुवाई कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतम र साधन राम्जालीले सहजिकरण गर्नुभएको थियो । संगम म्याग्दीका हिरा शर्माले सार्वजनिक सुनुवाईको उद्देश्य, प्रक्रिया र महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।